- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबररनिङ शिल्डको उपाधि प्रभाकरलाई

रनिङ शिल्डको उपाधि प्रभाकरलाई

- Advertisement -spot_img

सल्यान, १५ फागुन ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकामा दोस्रो नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभाकर माध्यमिक विद्यालय देवस्थलले हात पारेको छ । प्रभाकर मावि देवस्थलको २३ पदक प्राप्त गर्दै रनिङ शिल्डको उपाधि हात पारेको हो ।

यस्तै दोस्रो स्थानमा १९ पदकसहित त्रिभुवन जनता माध्यमिक विद्यालय च्युरा, १४ पदकसहित कृष्ण बोर्डिङ स्कुल देवस्थल तेस्रो भएको छ । समापन कार्यक्रममा नगर प्रमुख कर्णबहादुर बुढाथोकी, प्रशासकीय अधिकृत जगत घर्ती, शिक्षा शाखा प्रमुख चक्रबहादुर रावतले विभिन्न विद्यामा प्रतियोगीहरूलाई मेडलसहित प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले शिक्षा सँगै–सँगै खेलकुद क्षेत्रमा विद्यार्थीहरूलाई अगाडि बढ्न आग्रह गर्दै त्यसमा नगरपालिका सहयोग गर्नेसमेत बताए । प्रत्येक वर्ष यसरी नै खेलकुदको आयोजना समेत गरिने बताए । आउँदो फागुन १५ गतेदेखि हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको यस क्षेत्रबाट खेलकुद राम्रो प्रदर्शन गर्नसमेत शुभकामना दिए ।

फागुन ११ गतेदेखि सञ्चालन भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड बनगाड कुपिण्डे नगरपालिका–१ को प्रभाकर माध्यमिक विद्यालय देवस्थलमा ११ देखि १३ गतेसम्म तीन दिनसम्म सञ्चालन भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here