- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरगोरखालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

गोरखालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

- Advertisement -spot_img


लक्ष्मण बस्नेत
दाङ, १४ फागुन ।
दाङ जिल्लास्तरीय १३आँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ को उपाधि गोरखा मावि तुलसीपुरले जितेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा सञ्चालित प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै गोरखा मावि तुलसिपुरले उपाधि जितेको हो ।

त्यस्तै ४ स्वर्ण, ७ रजत र १ कास्य पदकका साथ गोरखा मावि घोराही दोस्रो हुँदा बिपी मावि बयाले शान्तिनगर ४ स्वर्ण पदकका साथ तृतीय भयो । प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय धनबहादुर मास्कीको प्रमुख आतिथ्य एवं तुलसपीुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र सामाजिक विकास डिभिन कार्यालय तुलसीपुरका प्रमुख बेगम केसीको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अवसरमा सर्वोत्कृष्ट खेलाडी एथलेटिक्स छात्र जनप्रिय बोर्डिङ स्कुल बालापुरका सुजल डाँगी, छात्रातर्फ गोरखा मावि तुलसीपुरका करूणा रिजाल, भलिबल छात्रामा जयशेर माविका स्मृति पुनमगर, छात्रमा ज्ञानसिन्धुका हितेस राम्जाली, कबडीमा रोजी बड्सका रोशन थापा, छात्रामा गुरूजजुर नमुना माविका विजया महतरा, कराते छात्र बिपी मावि बयालेका कुमार चपाई, छात्रामा तुलसी आवासीयका मनिसा खड्का, तेक्वान्दोमा छात्रमा गोरखा मावि घोराहीका जस्मिन चौधरी, छात्रामा महेन्द्र माविका उमा पन्थी घोषित भए ।

विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको स्वागत रहेको कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here