- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरदाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

दाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

- Advertisement -spot_img

दाङ, १३ फागुन ।
दाङमा शुक्रबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । हरेक वर्ष हुँदै आएको प्रतियोगिता यसवर्ष पनि सुरू गरिएको हो । पालिकास्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएपनि जिल्लास्तरीय प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगिता बेलझुण्डी रंगशालामा भइरहेको छ । प्रतियोगितामा जिल्लाभरका १० स्थानीय तहका ७१ विद्यालयले सहभागिता जनाएका छन् । पालिका–स्तरीय रनिङ शिल्डका प्रतियोगितामा छनौटमा परेका खेलाडीहरूले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाएका हुन् ।

प्रतियोगिताको उद्घाटन दाङ निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य धनबहादुर मास्कीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मास्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । विगतका तुलनामा पछिल्लो समय खेलकुद क्षेत्रमा लगानी बढ्दै गएको बताउँदै उनले आगामी दिनमा तीनैतहका सरकारले खेलकुदलाई प्राथमिकतामा पार्ने बताए ।

जिल्लास्तरीय रनिङ शिल्ड अन्तर्गत चार विधामा प्रतियोगिता भइरहेको छ । १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरूष भलिबल, महिला तथा पुरूष कबड्डी, एथलेटिक्स र कराँते प्रतियोगिता हुने भएका छन् । जिल्ला प्रतियोगितामा छनोटमा परेका खेलाडीहरूलाई आगामी फागुन १९ देखि २१ गतेसम्म बुटवलमा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगितामा समावेश गरिने दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालले बताए ।

त्यस्तै प्रदेशस्तरको प्रतियोगितामा जित हासिल गर्ने खेलाडीले आगामी फागुन २४ देखि २६ गतेसम्म काठमाडौँमा आयोजना हुने केन्द्रीय रनिङ शिल्डमा समावेश हुने उनले बताए । उद्घाटन कार्यक्रम जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कोषध्यक्ष धु्रव आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here