- Advertisement -spot_img
Monday, March 20, 2023
Homebreaking-newsदाङमा अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिता

दाङमा अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिता

- Advertisement -spot_img


जीतसागर जी.एम.
दाङ, १२ फागुन ।
दाङमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको आयोजना युथ्स अफ तुलसीपुरले गरेको हो । बिहीबारदेखि सुरू भएको अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगिता तुलसीपुर अरनिको मैदानमा सञ्चालन भइरहेको छ ।

प्रतियोगिता आठ दिनसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेले जानकारी दिए । ‘अन्तर्राष्ट्रिस्तरको कुस्ती खेल प्रतियोगिता दाङमा पहिलो पटक गरिएको हो’ उनले भने– ‘प्रतियोगितामा सुरूको दिनमा पनि दर्शकको उल्लेख्य सहभागिता रहेको छ ।’

प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता १७ गतेसम्म सञ्चालन हुने अध्यक्ष लहरेले बताए । ‘पहिलो पटक सञ्चालन भएको प्रतियोगिता भएकोले पनि निकै चासो र उत्साहका साथ हेरिएको छ’ उनले भने– ‘१७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्नेछौँ ।’ प्रतियोगितामा ३० जना भारतीय पुरूष खेलाडी, दुईजना भारतीय महिला खेलाडी र पाँचजना नेपाली पुरूष खेलाडीसहित गरी जम्मा ३७ जना खेलाडीको सहभागिता रहेको छ ।

नेपालमा कुस्ती खेलप्रतिको आकर्षण बढाउन दाङमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता बिहीबार औपचारिकरूपमा उद्घाटन गरिएको छ । लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले कुस्ती खेलप्रतिको अभिरूचि बढाउन प्रतियोगिताको आयोजना गरिएको बताए ।

त्यस अवसरमा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार हमालले दाङमै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुँदा कुस्तीका खेलाडीलाई हौसला थपिएको बताए । उनले आगामी दिनमा पनि कुस्ती प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए ।

दाङ जिल्ला खेलकुद विकास समितिका सन्तोष लामिछानेको स्वागत मन्तव्यबाट सुरू भएको उद्घाटन कार्यक्रममा भारतको उत्तर प्रदेशका अन्तर्राष्ट्रिय प्रशिक्षक चन्द्रराम तिवारीले कुस्ती प्रतियोगिताले कुस्ती खेल स्थापित हुन सहयोग पुग्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here