Sunday, April 14, 2024
Homeखेलकुदबनगाड कुपिण्डेमा राष्ट्रपति रनिङ शिल्ड

बनगाड कुपिण्डेमा राष्ट्रपति रनिङ शिल्ड

- Advertisement -spot_img


इन्द्र बुढाथोकी
सल्यान, १२ फागुन ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूलनाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकाको दोस्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड बिहीबार एक कार्यक्रमका बीच कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रम बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले आफूलाई प्रदेश सभामा विजय बनाई मन्त्री बन्ने अवसर दिएको मतदाताहरूलाई धन्यवाद दिए । साथै आफू जनताको सेवक भएर लाग्ने त्यसको जिम्मेवारी अनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएको बताए ।

विद्यार्थीलाई खेलकुदलगायत विभिन्न क्षेत्रबाट देश, राष्ट्रले मागेको पूरा गर्न र त्यसमा सरकारले सहयोग गर्न तयार रहेको बताए । आमाबाबुले छोराछोरीबाट धेरै आश गरेर लगानी गरेको त्यो पूरा गर्न सबै विद्यार्थी भाइबहिनीहरूलाई अनुरोध गरे । हिजो विभिन्न तरिकाले खेल खेले पनि अहिले यसलाई संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि राष्ट्रपति रनिङ शिल्डको रूपमा खेल खाएको बताए ।

लोकतन्त्र न आएको भए अहिले यस्तो खेल खेल्न नपाइने यो व्यवस्था समाप्त पार्न चहलखेल भएको यसको संरक्षणमा लाग्न सबैलाई अनुरोध गरे । किताबी ज्ञानमात्र नभएर सबै क्षेत्रको शिक्षा दिन शिक्षकहरूलाई आग्रह गरे । आधारभूत कुरा जान्नु पर्ने र अहिले राम्रा कामलाई पनि सामाजिक सञ्जालले कुप्रचार गरेर नराम्रो बनाएकोले विद्यार्थीले त्यतातिर ध्यान नदिनसमेत अनुरोध गरे ।

एक स्थानीय तह एक खेलकुद मैदान बनाउने कर्णाली प्रदेश सरकार अघिल्लो सरकारले गरेको कुनै ठाउँ बनि सकेको नबनेको ठाउँमा स्थानीय सरकारको समन्वय खेलमैदान बनाउन पहल गर्ने प्रतिबद्धता जनाए । कर्णाली सरकारको मन्त्री हुनुको कृषिमा स्थानीय, प्रदेश संघ सरकार एनजीओ र कृषक संयुक्त लगानीमा रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको नीति रहेको बताए ।

प्रदेश सरकारले बाझो जग्गालाई लिज भाडामा १० वर्षसम्म काज गरेर लिएमा त्यस्तो कृषकको लागि सरकार उक्त जग्गा भाडासमेत तिरिदिने बताए । त्यसको लागि कृषक तयार हुन आग्रह गरे । उत्पादन गरेको वस्तुको प्रोत्साहन स्वरूपप्रति केजीको ५ रूपैयाँका दरले भत्ता दिनेसमेत बताए । साथै कृषकहरूलाई बैंक तथा वित्तीय संस्थाबाट २ प्रतिशतमा ब्याज तिर्ने र बाँकी सरकार तिरिदिने गरी ऐन र नियमावली बनाउने तयारी अन्तिम चरणमा रहेको र त्यो छिटै लागू भएमा कृषकहरूलाई ठूलो सहयोग हुने बताए ।

स्थानीय सरकारको समन्वयमा तटबन्ध, खानेपानी, सडक, सहकार्य गरी विकास गरिनेसमेत बताए । प्रत्येक वडामा के उत्पादन हुन्छ त्यसको आधारमा प्रदेश सरकारले लगानी गर्नेसमेत बताए । निगाल्चुलामा तत्काल टिमुर, ओखरको राम्रो सम्भावना भएकाले त्यसका लागि आफूले पहल गर्ने बताए । साथै शिक्षा क्षेत्रमा परिवर्तन गर्नको लागि नगरपालिका सदरमुकामको विद्यालय बनाउन सबैलाई आग्रह गर्दै त्यसको लागि आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए ।

नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले नगरपालिका विकास लिपिवद्ध तरिकाले अगाडि बढेको र खेलकुदलगायत अन्य क्षेत्रमा पनि विकास भएको बताए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूलनाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकाको दोस्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड बिहीबार एक कार्यक्रमका बीच नगर प्रमुख कर्ण बहादुर बुढाथोकी अध्यक्षता तथा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको प्रमुख अतिथि, नगर उपप्रमुख पुरूषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, १२ वटा वडाका वडा अध्यक्ष, जिल्ला खेलकुद समितिका अध्यक्ष खड्क आचार्य, राजनीतिक दलका प्रतिनिधि, मावि स्कुल प्रअ, विषयगत शाखा प्रमुख, शिक्षक अभिभावक विद्यार्थीलगायत विभिन्न व्यक्तिहरूको उपस्थितिमा रनिङ शिल्डको उद्घाटन गरिएको थियो ।

आठ माविका १६ वटा विधामा १३ गतेसम्म खेलकुद हुनेछ । कार्यक्रमको सन्चालन समाजिक विकास समितीका सयोजक तथा ७ नं. वडा अध्यक्ष जीवन सिंह ठकुरीले र स्वागत मन्तव्य धुब्रा कुमारी थापाले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here