Friday, April 26, 2024
Homebreaking-newsसत्यतथ्यमा रहेर जनप्रतिनिधिले भूमिका खेल्नुपर्छ

सत्यतथ्यमा रहेर जनप्रतिनिधिले भूमिका खेल्नुपर्छ

- Advertisement -spot_img

घोराही, ५ फागुन ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले स्थानीय तहको समावेशी विकासका लागि बस्तीस्तरबाट सत्यतथ्यमा रहेर जनप्रतिनिधिले भूमिका खेल्न सक्नुपर्ने बताए ।

फ्रि मिडिया नेटवर्क दाङको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा बिहीबार भएको स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा प्रमुख अतिथिसमेत रहेका पोख्रेलले नागरिकका समस्या सम्बोधन गर्न नीति हुने नियत ठिक नहुने हो भने वा नियत ठिक हुने नीति नहुने हो भने योजनाको सही विकास हुन नसक्ने बताए ।

नेतृत्व गम्भीर बनेर आवश्यकता र समस्या पहिचान गर्न सकेमा मात्रै कामले सार्थक बन्न सक्ने हुँदा मिडियाले उठाउने गरेका मुद्दालाई जनप्रतिनिधिले गम्भीरतापूर्वक लिनुपर्ने बताए । अनेक कारण तेर्साएर तर्क दिएर जनप्रतिनिधि भाग्न नमिल्ने बताउँदै उनले सरोकार निकायमा समन्वय गर्न सक्नुपर्ने बताए ।

प्रभावकारी समन्वय र सहकार्य गर्न मिडियाको खबरदारीलाई आत्मसात् गरेर तथ्यसहित परिणाम देखिने गरी समावेशी विकासका लागि समाजको जग बलियो बनाउन ध्यान दिन अपिल गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले नागरिकको माग र आवश्यकतालाई बुझेर योजना तर्जुमा गर्ने गरिएको बताए । घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले हिजोका दिनमा बनाईएका नीति नियम, कार्यविधिले सहज भएको बताउँदै अब यसलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए ।

योजना कार्यान्वयनमा ल्याउन आर्थिक श्रोत बलियो बनाउन राजस्वको श्रोत व्यवस्थापन गर्ने काम भईरहेको जानकारी गराए । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीेले गुणस्तरीय शिक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । अनुशासन अभावमा काम गर्न चुनौती हुने गरेको हुँदा पालिकाले अघि सारेको योजनालाई सबैले सहयोग गर्न जरूरी रहेको तर्क गरे ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले योजनाबिनाको विकासले समस्या भएको बताए । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सांस्कृतिक विकास, उद्यमशीलता विकास, मानवीय विकास, मानवीय विकासलगायत काममा व्यवस्थित योजना बनाउन सबै ईमान्दार हुनुपर्ने बताए ।

बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नागरिक समाज दाङका संयोजक केबी मसाल, महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुशीला पौडेल, मुक्तकमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी, मुक्त कम्लहरी विकास मञ्चकी ज्ञानु थापा, नेपाल महिला सामुदायिक सेवा केन्द्रका पवन योगीलगायतले भनाइ राखेका थिए । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here