- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरआधारभूतस्तरीय फुटबल प्रतियोगिता

आधारभूतस्तरीय फुटबल प्रतियोगिता

- Advertisement -spot_img


तुलसीपुर, २८ माघ ।
प्याब्सन आधारभूतस्तरीय फुटबल प्रतियोगिता २०७९ सुरू भएको छ । फुटबल प्रतियोगिता शनिबारदेखि दाङको बेल्झुन्डीमा सुरू भएको छ । निजी तथा आवासीय अर्गनाइजेसन प्याब्सन तुलसीपुर नगरको आयोजनामा सञ्चालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर खड्काले खेलकुद राष्ट्रको सान र पहिचान भएको बताए । ‘शारीरिक रूपमा स्वस्थ र अनुशासित नागरिक तयार गर्ने थलो खेलकुद हो’ उनले भने– ‘यसले सिङ्गो राष्ट्रको गौरवलाई अन्तर्राष्ट्रिय जगत्मा पहिचानका रूपमा स्थापित गरेको छ ।’

खेलकुद आमनागरिकको पहुँचमा हुन आवश्यक रहेको र यसका लागि स्थानीयस्तरबाटै खेलकुदको विकास र विस्तारका लागि आफू जिम्मेवारीका साथ लागि पर्ने उनले बताए । जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्य, प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी, नेशनल प्याब्सन तुलसीपुर नगर अध्यक्ष शालिकराम कार्की, अप्टिमिस्ट तुलसीपुर अध्यक्ष मानबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम प्याब्सन तुलसीपुर नगर अध्यक्ष गिरिराज डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । प्याब्सन तुलसीपुर नगर उपाध्यक्ष डम्बर डाँगीको स्वागत रहेको कार्यक्रममा विभिन्न कला, संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन तुलसीपुर नगर सचिव विष्णु योगीले गरेका थिए ।

यसैबीच प्रतियोगिताको उद्घाटन समारोह लगत्तै सहभागी विद्यालयका प्रिन्सिपल र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टिम शून्यका विरूद्ध ३ गोलले बिजयी भएको थियो । फागुन १ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय स्थान हासिल गर्ने विद्यालयले क्रमशः नगद ९ हजार, ७ हजार, ५ हजार कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै ब्यक्तिगत विधातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने वेस्ट प्लेयर, वेस्ट किप्पर, वेस्ट डिफेन्स, हाई स्कोरर खेलाडीलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा २७ विद्यालयका फुटबल टिमको सहभागी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here