Thursday, April 18, 2024
Homeराशिफल२०७९ माघ २८ गते शनिबारको राशिाफल

२०७९ माघ २८ गते शनिबारको राशिाफल

- Advertisement -spot_img


२०७९/१०/२८ गते शनिबार
फाल्गुण कृष्णपक्ष षष्ठी तिथि
चित्रा नक्षत्र
नेपालमा सूर्योदय ६ः४७ सूर्यास्त ५ः५१

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
प्रतिस्पर्धामा सफलता रहने छ । भविष्यको लागि नयाँ कार्यको थालनी हुने समय देखिन्छ । प्रयासबाट विभिन्न कार्यहरू बनाउने समय रहेको छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
नयाँ कामलाई अगाडि बढाउन समस्या रहने छ । आफूमा केही कमिकमजोरी भएको महसुस हुनेछ । मेहनत तथा लगनशीलताबाट सफलता रहला ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
कार्यमा लगनशीलता हुनु राम्रो हुन्छ । अग्रज व्यक्तिको सल्लाह, सुझाव लिएर अगाडि बढ्नुहोला । आफ्नो योजना गोप्य राखेर अगाडि बढ्नु होला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
घरायसी कार्यमा खर्च बढ्ने समय छ । नवीन कामहरू सञ्चालन हुनेछन् । तपाईको मेहनतबाट कार्यमा सफलता रहनुका साथ आर्थिक लाभ रहने छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
तपाईको कमीकमजोरीको फाइदा अरूले लिने प्रयास गर्ने छन् । तपाईको मान प्रतिष्ठामा वाधा आउला । अध्ययन अध्ययापनमा समस्या आउला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्तमा केही असझदारी बढ्ने समय छ । गफगाफ तथा भेटघाटमा समय बढी बित्ने देखिन्छ । सोचे अनुसार प्रतिफलमा कमि रहने समय छ ।

तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
घर बाहिरको कार्यबाट लाभ रहने समय छ । यात्रामय दिन छ । खर्चमा बृद्धि रहने छ । व्यापार, व्यवसायमा लगानी बढाउने समय रहेको देखिन्छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
विगतमा गरिएका कामहरूबाट प्रशस्त लाभ रहने समय देखिन्छ । परिश्रमको प्रतिफल अवश्य आउने छ । पैतृक वा बचत रकमबाट लाभ रहने छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अवसरहरू थुप्रै आउने छन् चिन्ने प्रयास गर्नुहोला । अरूको भरमा पर्दा केही कार्यमा ढिलाइ रहने छ । व्यापार, व्यवसाय तथा रोजगारी क्षेत्रमा सफलता रहने छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
अरूको लागि बढी समय दिनुपर्ने देखिन्छ । सामाजिक कार्यमा मान सम्मान प्राप्त रहने देखिन्छ । काम समयमा पूरा नहुँदा केही प्रतिकूलता रहने देखिन्छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
आफ्नो आन्तरिक कार्यमा विशेष गरेर अगाडि बढ्नुहोला । शरीरमा आलस्यता भएता पनि जोश जागरका साथ अगाडि बढ्ने समय छ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
दैनिक कार्य प्रणलीमा सफलता आउला । नयाँ जानकारी तथा ज्ञान लिन सकिने छ । व्यवसाय तथा रोजगारी क्षेत्रका व्यक्तिहरूलाई विशेष लाभ रहने छ ।

वास्तु ज्ञान
प्रत्येक घरमा तुलसीका विरूवा शुभ मानिन्छ ।
तुलसी नभई दैनिक पूजा वा कुनै धार्मिक कार्य हुन सक्दैन । यसमा तीव्र तथा प्रेरणापूर्ण सुगन्ध हुन्छ । यसको वैज्ञानिक, औषधीय तथा आध्यात्मिक महत्व छ । यसले विषालु तथा रोग फैलाउने किटाणुहरूलाई नष्ट गर्न सक्छ । यसले रगतलाई शुद्ध बनाउनुको साथै पाचन प्रणालीमा सुधार गर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here