Thursday, March 21, 2024
Homebreaking-newsखुमबहादुर खड्का स्मृति भलिबलको उपाधि घोराहीलाई

खुमबहादुर खड्का स्मृति भलिबलको उपाधि घोराहीलाई

- Advertisement -spot_img

दाङ, २८ माघ ।
दाङको घोराहीमा भएको खुमबहादुर खड्का स्मृति अन्तरपालिका भलिबलको दोस्रो संस्करणको उपाधि घोराही उपमहानगर–पालिकाले जितेको छ । लुम्बिनी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिताको फाइनल खेलमा लमही नगरपालिकालाई ३–२ को सेटमा हराउँदै घोराहीले उपाधि जितेको हो ।

पहिलो सेट पराजित भएको घोराहीले त्यसपछिका खेल आफ्नो पक्षमा पारेको थियो । घोराहीले २५–२७, २५–१६ १९–२५, २५–१२ र १५–९ को सेटमा जितेको हो । लमही नगरपालिका प्रतियोगिताको उपविजेता भएको छ । माघ २० गतेबाट सुरू भएको लिग नकआउट प्रतियोगितामा जिल्लाका दशवटै पालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा तेस्रो शान्तिनगर गाउँपालिका भएको छ । शान्तिनगरले ३–० को सोझो सेटमा राजपुरलाई जितेको थियो ।

गत संस्करणको उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको थियो । उपाधि जितेको घोराहीले नगद दुई लाख पच्चीस हजारसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता लमहीले एक लाख १२ हजार पाँच सय, तेस्रो हुने शान्तिनगरले ५६ हजार २ सय ५० र सान्त्वना हुने राजपुरले २८ हजार १ सय ३२ रूपैयाँ पुरस्कार पाएको छ । भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिएको छ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीमा घोराहीका रविन चन्द, उत्कृष्ट सर्बरमा लमहीका दिपेन्द्र कुमाल, लिब्रोमा शान्तिनगरका राजबहादुर खवास, उत्कृष्ट सेटरमा घोराहीका विज्ञान थापा, उत्कृष्ट स्पाइकरमा लमहीका गणेश बुढाथोकी, उत्कृष्ट ब्लकरमा घोराहीका विशाल बिक, उत्कृष्ट कोचमा घोराहीका ओकबहादुर विकलाई पुरस्कृत गरिएको छ ।

दाङ कांग्रेसका सभापति शंकर प्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा उनले दाङ कांग्रेसले स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा आफ्नै लगानीमा खेलाडीको सबै खर्च व्यहोर्ने गरी प्रतियोगिता आयोजना गरेर खड्काको योगदानलाई सम्मान गरेको बताए ।

कार्यक्रमका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति सभापति अमरसिंह पुनले नेपाल सरकारले राष्ट्रिय खेलका रूपमा घोषणा गरिसकेको भलिबल खेलको विकाससँगै युवाहरूलाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने गर्ने बताए । अब आगामी वर्षबाट भने १ करोडको अक्षयकोष स्थापना गरी संस्थागत रूपमा प्रतियोगिता आयोजना गर्ने नेपाली कांग्रेस दाङले जानकारी गराएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here