२०७९/१०/२७ गते शुक्रबार
फाल्गुण कृष्णपक्ष पञ्चमी तिथि
हस्ता नक्षत्र
नेपालमा सूर्योदय ६ः४७ सूर्यास्त ५ः५०
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफन्तसँग विवाद रहने छ । कार्यमा बढी खटिनु पर्नेछ । व्यवसायमा सफलता रहने छ । तपाईको काम बिगार्नेहरूबाट सावधान रहनु होला ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
समसामयिक कार्यमा लाग्दा सफलता रहने छ । अग्रज व्यक्तिको विशेष सहयोग प्राप्त रहने छ । आफ्नो योजनालाई गोप्य राखेर अगाडि बढ्नु ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
समस्या समाधानको लागि अग्रज व्यक्तिको साथ र सहयोग मिल्ने छ । परिवारमा सहयोग लिदा काम बन्ने छ । सामाजिक कार्यबाट लाभ रहने छ ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
सहयोगीबाट धोका रहने छ । सन्चित रकम खर्च रहने छ । विगतको कमजोरीले समस्या उत्पन्न हुनेछ । धैर्यताबाट फाइदा रहने समय छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अवसरहरू प्राप्त मात्रामा आउने छन् । सोच विचार गरी अगाडि बढनु राम्रो रहला । सन्चित रकम खर्च गर्नुपर्ने छ । केही कार्यमा ढिलाइ हुने समय छ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आत्मविश्वासमा बृद्धि रहने छ । नवीन कार्यको समय रहने छ । समयानुसार कामहरू अगाडि बढ्ने छ । आफन्तसँग भेटघाट रहने देखिन्छ ।
तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
खर्चमा बृद्धि भए पनि पछि फाइदा कार्यमा लगानी लगाउन सकिने छ । समस्यासँग समय चुनौतीहरू पन्छयाउँदै अगाडि बढ्न सकिने समय छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आयआर्जनमा सफलता रहने छ । परिश्रमको उचित फल प्राप्त रहने छ । अग्रज व्यक्तिको सल्लाह अनुसार अगाडि बढ्नु होला । आर्थिक खर्च हुनेछ ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अवसरलाई बुझेर अगाडि बढ्नु होला । तपाईबाट सहयोग लिने धेरै रहने छन् । आन्तरिक कुरा गोप्य राखेर अगाडि बढ्नु राम्रो होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
सामाजिक कार्यमा बढी समय दिनुपर्नेछ । रोकिएका कार्यहरू बन्दै जानेछन् । व्यापार, व्यवसायमा सफलता रहने छ । भोलिको कार्यको नयाँ योजना बन्ने छ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
प्रयासबाट रोकिएका कामहरू सफल रहने छन् । आशा देखाउनेबाट धोका छ । खर्चमा बृद्धि छ । अरूको काममा समय बढी दिनुपर्ने देखिन्छ ।
मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
पारिवारिक साथ र सहयोगबाट कामहरू बन्ने छन् । प्रेमीप्रेमिका तथा आफन्तको साथ सहयोग रहने छ । दाम्पत्य जीवन सफल सहज रहनेछ ।
वास्तु ज्ञान
बिहान नुहाउनु राम्रो मानिन्छ ।
प्राकृतिक ताल, पोखरी, नदीनालामा नुहाउनु सर्वोत्तम मानिन्छ । बिहान सधै स्नान गर्नाले रूप, तेज, बल, पवित्रपन, आयु, स्वास्थ्य, निरोगी, तपशील, तीक्ष्ण बुद्धि प्राप्त हुनका साथै नराम्रा सपनाका प्रभावहरू निर्मूल हुन्छन । नुहाउदा समय, स्थान, शारीरिक अवस्था आदिलाई ध्यान दिनु जरूरी छ ।