१. विषय प्रवेश
मानव समाजका लागि कुन व्यवस्था ठीक हुन्छ भन्नको लागि कार्ल माक्र्सका अनुसार त्यस व्यवस्थाको उत्पादन प्रणालीको अध्ययन गर्नुपर्छ । किन कि व्यवस्था उत्पादन प्रणालीका आधारमा चल्छ । मानव समाजले अहिलेसम्म भोगेका वा प्रयोग गर्दै आएका प्रत्येक व्यवस्थाका भिन्दाभिन्दै उत्पादन प्रणाली थिए । त्यहि उत्पादन प्रणालीका आधारमा बनेका व्यवस्थाहरू भएका कारण उत्पादन प्रणाली ठीक लागे व्यवस्था ठीक र बेठिक भए व्यवस्था पनि बेठिक भन्दै आयौँ ।
हामीले ती व्यवस्थालाई युग पनि भन्ने गरेका छौं । हामीले अर्थात् मानव समाजले १) आदिम साम्यवादी युग, २) दास मालिक युग, ३) सामन्तवादी युग, ४) पुँजीवादी युग गरेर चारवटा युग भोगेका वा व्यहोरेका छौं । यी युगका विभिन्न उपयुग वा चरणहरू पनि छन् । आदिम साम्यवादी युगमा जंगली र बर्बर उपयुग वा चरणहरू कायम भए । अहिलेको पुँजीवादी युगका पनि चार उपयुग वा चरणहरूः १) व्यापारिक पुँजीवाद, २) औद्योगिक पुँजीवाद, ३) एकाधिकार पुँजीवाद र ४) भुमण्डलीकृत पुँजीवाद रहेका छन् ।
माथि उल्लेखित युग र उपयुग मानव समाजको इतिहास हो । इतिहास विगत हो । विगत वर्तमानको आधार स्तम्भ हो । यसैको गर्भबाट वर्तमानको जन्म भएको हो । वर्तमानको गर्भमा भविष्यको आधार तयार भइरहेको छ । हाम्रो वर्तमानको गर्भमा हुर्किरहेको भविष्य नामक बच्चा जुन दिन नवजात शिशुको रूपमा उदाउने छ । त्यो दिन उन्नत मानव समाजको निर्माण हुनेछ । त्यस कारण हाम्रो विगतको गर्भबाट जन्मिएको वर्तमानप्रति पश्चाताप नभएर सुन्दर र उन्नत भविष्यको जन्म हुने अपेक्षासहित पूर्ण आशावादी हुनु जरूरी छ ।
२. उत्पादन प्रणाली भनेको के हो ?
– उत्पादन प्रणाली भनेको उत्पादन गर्ने विधि वा तरिका हो । यसमा स्वामित्व, उत्पादनबाट हुने मानवीय सम्बन्ध, वितरण प्रणाली आदि जोडिएको हुन्छ । अझ स्पष्टरूपमा भन्नुपर्दा उत्पादन सम्बन्ध र उत्पादक शक्तिको कुल योगफल उत्पादन प्रणाली हो । यति भनिसकेपछि उत्पादन प्रणाली बुझ्न उत्पादन सम्बन्ध र उत्पादन शक्तिका बारेमा जान्न र बुन्न अनिवार्य हुन्छ । उत्पादन प्रणालीको ज्ञान प्राप्तिपछि मात्र राज्यसत्ता वा व्यवस्थाको सही छनौट गर्न सक्छौं ।
यहाँ के कुरामा स्पष्ट हुनु पर्दछ कि यो सवै संघर्ष वा वहस मानवले र मानव समाजका लागि गरेको हो । मानव चेतनशील प्राणी हुँदैनथ्यो वा पशु जगत्बाट अलग र माथि हुँदैनथ्यो भने प्रकृतिले गरिदिएको उत्पादनको प्रयोगमाथि संघर्ष गर्ने, जसले जित्छ खाने, नजिते भोकै मर्ने तर आफूले उत्पादन नगरी बस्नुको विकल्प हुँदैन थियो ।
मानव पशु जगत्बाट अलग भयो । आफूलाई पशुभन्दा उच्च चेतनाद्वार सुसज्जित, विकास र परिमार्जन ग¥यो । आफै र आपसी संघर्षको माध्यमबाट प्रकृतिको उत्पादनबाहेक आफै पनि उत्पादन, विकास र परिमार्जन गर्छ । मानवले भौतिक र बौद्विक श्रम गर्ने भएकाले मानिसको बाहेक अरूको संस्कृति हुँदैन ।
क) उत्पादक शक्ति
उत्पादक शक्तिका दुई आयाम हुन्छन् ।
– पहिलो आयाम
उत्पादक शक्तिको पहिलो मुख्य र निर्णायक आयम भनेको मानवीय श्रम हो । मानवीय श्रम भन्नाले मानिसले गर्ने विभिन्न भौतिक श्रम (शरीरद्वारा गरिने काम) र त्यसका लागि प्रयोग गरिने बौद्विक श्रम (मानवीय चेतना) हो ।
दोस्रो आयाम
उत्पादक शक्तिको दोस्रो आयाम भनेको उत्पादनका साधन हो । उत्पादनको साधन पनि दुई तत्वले वनेको हुन्छ ।
– एउटा तत्व भनेको उत्पादनको वस्तु हो । त्यसमा जमिन, फ्याक्ट्री, कम्पनी अफिस वा वैंक अफिसहरू हुन् ।
– दोस्रो तत्व भनेको उत्पादनका वस्तुमा माल उत्पादनका लागि प्रयोग गरिने औजारहरू हुन् । जस्तै ः जमिनमा जोतिने हलो, ट्रयाक्टर, फ्याक्ट्रीमा प्रयोग गरिने मेसिन, कम्पनी वा बैंकहरूमा प्रयोग गरिने टेक्नोलोजी (विज्ञान र प्रविधि) आदि हतियारहरू हुन् ।
यहि उत्पादनको वस्तु, त्यसमा प्रयोग गरिने औजारहरू मिलेर उत्पादनका साधन बनेको हुन्छ भने ती साधन चलाउने मानवीय श्रम मिसाएर त्यसको कुल योगफललाई उत्पादक शक्ति भनिन्छ । यी मध्ये मानिस वा उसको श्रम मुख्य र निर्णायक हुन्छ ।
ख) उत्पादन सम्बन्ध
उत्पादन सम्वन्धका तीन आयामहरू अ) स्वमित्वको स्वरूप, आ) मानवीय सम्बन्धको रूप, इ) वितरणको स्वरूप हुन् । यी तीन आयामहरूको कुल योगफल उत्पादन सम्बन्ध हो ।
– स्वामित्वको रूप
जस्तो कि एक बिघा खेतमा ६० मुरी धान फल्छ । धान उत्पादनको माल हो । धान उत्पादन भएको खेत उत्पादन वस्तु हो । धान उत्पादनका लागि प्रयोग गरिएका हतियारहरू उत्पादनका औजारहरू हुन् । ती उत्पादनका वस्तु (खेत)मा काम (मानवीय श्रम) गर्नेहरू किसानहरू हुन् । उत्पादनका साधन–उत्पादनका वस्तु (जमिन) र उत्पादनका औजार (कुटो, कोदालो, ट्याक्टर आदि) मा मालिक (जमिन्दार) को एकल स्वामित्व हुन्छ ।
– मानवीय सम्बन्ध
उत्पादन सम्बन्धमा जोडिएका मानिसहरूका बीचको सम्बन्धलाई मानवीय सम्बन्ध भनिन्छ । जस्तो कि मालिक र किसानबीचको सम्बन्ध नै मानवीय सम्बन्ध हो । उत्पादनका साधनमाथि मालिकको स्वामित्व हुन्छ । उत्पादनको साधन– वस्तु र औजारहरू परिचालन किसानले गर्छन् ।
– वितरणको स्वरूप
उत्पादनसँग जोडिएका मानिसहरू बीच उत्पादन गरिएको माल (धान) को वितरण प्रक्रियालाई वितरणको स्वरूप भनिन्छ । जस्तैः उत्पादनका साधनमाथि स्वामित्व कायम गरेर मालिक वर्ग बसेको हुन्छ । उत्पादनका साधनको परिचालन, विकास र मानवीय श्रम किसानले गर्छन् । परिणाम स्वरूप उत्पादित माल (धान) मालिकले आधा र किसानले आधा वितरण गर्छन् । यसैलाई अन्यायपूर्ण र असमानतामा आधारित वितरणको स्वरूप भनिएको हो । यसलाई उत्पादन सम्बन्ध भनिन्छ । यहि उत्पादन सम्बन्ध र उत्पादक शक्ति मिलाएर अथवा यसको कुल योगफल उत्पादन प्रणाली हो ।
कार्ल माक्र्सले यहि उत्पादन प्रणालीका आधारमा कुन व्यवस्था ठिक र कुन व्यवस्था बेठिक भनेर छुट्याउनु पर्ने बताउनुभएको हो । उहाँले उत्पादनका साधनमाथि श्रमजीवी वर्गको स्वामित्व भएमा उत्पादनको मालमा पनि श्रमजीवी वर्गकै स्वामित्व हुन्छ । उत्पादित मालमाथि श्रमजीवी वर्गको स्वामित्व कायम भए मानवीय सम्बन्ध पनि वर्गभेदमा आधारित नहुने र उत्पादित मालको वितरणको स्वरूप न्यायपूर्ण र समानतामा आधारित हुने बताउनुभयो ।
माक्र्सको काल औद्योगिक पुँजीवाद काल थियो । पुँजीवादी उत्पादन प्रणालीको कडा आलोचना गर्दै माक्र्सले सामाजिक स्वामित्व सामाजिक मानवीय सम्बन्धसहितको न्यायपूर्ण र समानतामूलक वितरणको स्वरूप हुनुका साथि उत्पादनका साधनहरूमाथि श्रमजीवी वर्गको स्वामित्व रहने समाजवाद उत्पादन प्रणालीमा मात्र सम्भव हुने हुँदा त्यस्तो उत्पादन प्रणाली कायम हुने व्यवस्थाको नाम वैज्ञानिक समाजवाद राख्नुपर्ने बताउनु भएको हो ।
माक्र्सले कुनै पनि व्यवस्था (राज्यसत्ता) उत्पादन प्रणालीका आधारमा चल्ने र उत्पादन प्रणाली शासक वर्गको हितमा वनेको बताउनुभयो । उहाँले आदिम साम्यवादमा मानव पशु जगत्बाट अलग भए प्रकृतिको उत्पादनमाथि मात्र निर्भर नभई आफ्नै कृतिम उत्पादन गर्नसमेत सुरू गरेको बताउनुभयो ।
मानव चेतनामा भएको बृद्विसँगै जनसंख्यामा पनि बृद्वि भएको तर त्यसको अनुपातमा औजारहरूको पर्याप्त विकास गर्न नसकेकाले प्राकृतिक र कृतिम दुवै तरिकाले भएको÷गरिएको उत्पादनको मालको अभावको वस्तुगत अवस्थाले सामूहिक– श्रम, स्वामित्व, सम्बन्ध र वितरणको स्वरूपको निर्माणको बदलामा एकल परिवार, निजी सम्पत्तिको अवधारणाको विकास भयो ।
त्यहि निजी सम्पत्तिको रक्षाको लागि बलपूर्वक शासन गरेको वर्गले राज्यसत्ताको निर्माण ग¥यो । त्यहि भएर पटक–पटक व्यवस्था बदलिएर पुरानोभन्दा नयाँ थप विकसित र लोकतान्त्रिकीकरण भएता पनि दास मालिक, सामन्तवादी र पुँजीवादी व्यवस्थाको उत्पादन प्रणालीमा एकल निजी स्वामित्व, वर्गीय मानव सम्बन्ध र असमान वितरणको स्वरूप कायम भयो । त्यसकारण राज्यसत्ताको आधार त्यस व्यवस्थामा प्रयोगमा ल्याइएको उत्पादन प्रणाली हुन्छ ।
उत्पादन प्रणालीका आधारमा निर्माण, परिचालन र परिमार्जन गरिएको राज्यसत्ताले आफ्नो रक्षाका लागि उपरिसंरचना– दर्शन, सिद्वान्त, विचार, सेना–प्रहरी–प्रशासन, संविधान–कानुन–नियम, अदालत, सदन, जेल, शिक्षा, भाषा, धर्म, संस्कृति, साहित्य–कला आदि निर्माण गरेको हुन्छ । आधारको रक्षाका लागि अनुकूल भएर परिचालन हुन्छ/गर्छ ।
त्यसकारण बसिखाने वर्गको राज्यसत्ताको जरोको रूपमा रहेको पुँजीवादी उत्पादन प्रणाली पल्टाउन गरिखाने वर्गले तयारी गर्दा राज्यसत्ताले आफ्नो सम्पूर्ण उपरिसंरचनाहरू परिचालन गर्छ । गरिखाने वर्गको समाज बदल्ने आन्दोलनमा वसिखाने वर्गले राज्यसत्तामार्फत दमन गर्छ ।
गरिखाने वर्गले परिवर्तनका लागि दमनको प्रतिरोध गर्छ र प्रतिरोध आन्दोलनमाथि राज्यसत्ताले रक्तपातपूर्ण नरसंहार गर्छ । यहि नरसंहारमा नेपालमा सामन्तवादी राज्यसत्ता पल्टाएर पुँजीवादी राज्यसत्ता ल्याउन श्रमजीवी वर्गले नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्व गर्दा करिव १७ हजारमध्ये, करिव साढे १२ हजार राज्यको रक्तपातपूर्ण नरसंहारमा ज्यान गुमाएका हुन् भने बाँकी करिव साढे १२ हजार मानिस माओवादी नेतृत्वमा जनताको प्रतिरोधपूर्ण संघर्षमा मारिएका हुन् । यहि एउटा वर्ग अर्काे वर्गका विरूद्व राज्यसत्ताका लागि गरिने संघर्षलाई वर्ग संघर्ष भनिन्छ । कार्ल माक्र्सको वर्ग संघर्षको सिद्वान्त यसैमा आधारित छ ।