- Advertisement -spot_img
Monday, March 20, 2023
Homeसम्पादकीयकृषिलाई प्रोत्साहन गरौं

कृषिलाई प्रोत्साहन गरौं

- Advertisement -spot_img

कृषि कार्य सर्वाेत्कृष्ट कार्य हो । अरूको नियन्त्रणमा भन्दा कृषि प्रदान देशमा कृषिको माध्यमबाट स्वरोजगारका लागि गरिएका सबै प्रयास नमुनायोग्य छन् । पछिल्लो समय स्वरोजगारका लागि व्यवसाय र सीप प्रयोग गरेका किसान र उद्यमीहरूको लागि भने केही समस्या देखिन थालेको छ । साना किसान र व्यावसायिक किसानहरूका पनि त्यो समस्या हुँदा बढी पीडामा देखिनु पनि स्वभाविक हो ।

आफूलाई उद्यमशीलतासँग जोड्न सीप सिकेर उद्यमी भन्नेहरू अहिले बढिरहेका भए पनि विभिन्न समस्याले आक्रान्त भएको सार्वजनिक भइरहेको छ । स्थानीय, प्रदेश र संघीय सरकारले नागरिकहरूलाई सीपसँग जोड्ने र उद्यमी बनाउने प्रयास पनि त्यतिकै गरिरहेको देखिन्छ । सीप सिकाउने उद्यमी बनाउने तर उनीहरूको सीप बिक्रीमा भने चासो नदिने गुनासो उद्यमीहरूको प्रसस्त रहेको छ ।

आर्थिक विकासका लागि स्थानीयस्तरमा हुने कृषि, पशुको व्यवसायीकरणले महत्व राख्दछ । तर त्यसको व्यावसायीकरण बजारको व्यवस्थापन नहुँदा उत्पादन खपत हुन सकेको छैन । त्यतिकै खेर गएको छ । यो अवस्थामा किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ । किसानहरू कृषि, पशुको व्यावसायिक रूपमा लागेका छन् । त्यसको आधुनिकीकरण र बजार प्रवद्र्धनमा सरोकार राख्ने निकायले चासो नदिदा किसानहरू पूर्णरूपमा मारमा परेका छन् । बंगुरपालन किसानहरू अहिले बजार नपाउँदा पीडामा छन् । त्यो अवस्था आउनुले नेपालमा कृषिको व्यावसायिकरण र कृषि प्राथमिकतामा नपर्ने आउन सक्छ । तीनै तहको सरकारले कृषिलाई विशेष ध्यान दिएर किसानको समस्या समाधान गर्ने र उनको उत्पादनको बजारीकरणमा सहजीकरण गर्न लाग्नुपर्छ ।

पुरूषहरू कृषिमा र महिलाहरू सीपको सदुपयोग गरेर उद्यममा लागेका धेरै उदाहरण छन् तर उनीहरूले सोचेजस्तो गरी बजार नहुँदा व्यावसायिकरण छोड्ने अवस्था देखिन्छ । त्यो अवस्था आउनु हुँदैन । योसँग जोडिएका केही विषय र पक्षमा भने स्थानीय सरकार बढी गम्भीर हुनुपर्छ । स्थानीयस्तरमा आर्थिक समृद्धिको बाटोमा लाग्नु हो । कृषिलाई व्यावसायिकरण गर्दै गर्दा विभिन्न समस्या आउनु पनि स्वभाविक रहन्छ । सुरू–सुरूमा बजार नपाउँदा, कच्चापदार्थको सहज आपूर्ति र व्यवस्थापन नहुँदा जटिलता त अवश्य नै आउँछ तर त्यो व्यवस्थापन गर्न सक्नुपर्छ । स्थानीय स्रोत साधनको प्रयोग बढाउने र बजारीकरणलाई सहज बनाउने बाटोतर्फ लाग्नुपर्छ ।

नेपाल कृषि प्रदान देश हो । कृषि प्रदान देशलाई कृषिमा युवाको आकर्षण बढाउन योजना विस्तार गर्नुपर्छ । कृषिमा लागेका पुस्तालाई राज्यले निरास बनाउनेभन्दा पनि प्रोत्साहन गर्ने योजना ल्याउनुपर्छ । अहिले दाङमा भएको बंगुरको बजारीकरण र उत्पादन खपतको अवस्थालाई सुधार गरेर लैजानुपर्छ । त्यसतर्फ कृषिमा लागेकाहरू र सरोकारवाला पक्षहरू बढी जागरूप हुनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here