- Advertisement -spot_img
Monday, March 20, 2023
Homebreaking-newsतुलसीपुर–काठमाडौँ अब ‘सस्पेन्सन सिल्पर बस’

तुलसीपुर–काठमाडौँ अब ‘सस्पेन्सन सिल्पर बस’

- Advertisement -spot_img

दाङ, २४ माघ ।
दाङमा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । यातायात प्रालिले यात्रुहरूलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले एयर सस्पेन्सन सिल्पर एसी बस सञ्चालनमा ल्याएको हो ।

यात्रुहरूको आरामदायी यात्राका लागि दाङमा पहिलो पटक सुतेर यात्रा गर्न सकिने एयर सस्पेन्सन सिल्पर एसी बस सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

साविक राप्ती अञ्चलमा यस्तो सुविधा भएको बस भित्रिएको पहिलो पटक हो । नयाँ ल्याइएका एउटा बसको मूल्य ८० लाख बढी परेको कार्यक्रममा जानकारी दिइएको थियो । यी नयाँ बसहरू भारतबाट ल्याइएका हुन् । यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै दाङदेखि काठमाडौँ रात्री सेवामा ‘स्लीपर एसी’ बस सञ्चालन गर्ने भएको छ । प्रालिले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारदेखि नियमित रूपमा सेवा सञ्चालन गर्न लागेको बताएको छ ।

नयाँ बसमा ४० सिट छन् । तीमध्ये ८ वटा सुतेर यात्रा गर्न मिल्ने र ३२ सिटहरू बसेर यात्रा गर्न मिल्ने रहेका छन् । दाङदेखि काठमाडौँसम्म सिटमा बसेर यात्रा गर्नका लागि एउटा यात्रुले १ हजार ८ सय र सुतेर यात्रा गर्न चाहने यात्रुले २ हजार रूपैयाँ भाडादर तय गरिएको अध्यक्ष हमालले बताए ।

बसेर यात्रा गर्नका लागि १८ सय र सुतेर यात्रा गर्नका लागि २ हजार रूपैयाँ भाडा लाग्ने छ । बसमा चढ्ने वित्तिकै यात्रुले एक बोतल पानी र कुकिज पनि प्राप्त गर्नेछ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सुविधा सम्पन्न आरामदायी बस सञ्चालनमा ल्याउनु गौरवको कुरा भएको बताउँदै यात्रुमैत्री व्यवहारका लागि ध्यान दिन आग्रह गरे ।

कार्यक्रमको सहजीकरण प्रालिका सल्लाहकार शरद रेग्मीले गरेका थिए । प्रशासनिक सचिव प्रकाश भट्टले विषयवस्तुमाथि प्रकाश पारेको पत्रकार सम्मेलनमा स्वागत पूर्वसचिव नारायण प्रसाद न्यौपानेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here