- Advertisement -spot_img
Monday, March 20, 2023
Homebreaking-newsअलपत्र सडकको धुलोले पीडा

अलपत्र सडकको धुलोले पीडा

- Advertisement -spot_img


जीतसागर जी.एम.


घोराही–तुलसीपुर फोरलेन स्तरोन्नतीको नाममा अलपत्र छ । २०७५ साल माघदेखि सुरू भएको सडक पाँच वर्ष लगाएर करिब १० प्रतिशतमात्रै काम भएको छ । निर्माणाधिन सडकमा दुर्घटनाको जोखिम त छ नै । धुलाम्य सडककले मानिसको स्वास्थ्यमा समेत गम्भीर असर परेको छ । सडककै कारण हावा अस्वस्थकर मापनसमेत गरिएको छ । अलपत्र सडकले स्वास्थ्यमा गम्भीर असर पारेको छ । सडकमा मोटरसाइकलमा यात्रा गर्नेदेखि आसपासका बस्तीका नागरिक धुलोले पीडित छन् । धुलाम्य सडकका कारण स्वास्थ्यमा पारेको असर र नागरिकलाई दिएको सास्तीको विषयमा प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा चिकित्सक र धुलो प्रभावितहरूलाई ल्याएका छौं । – सम्पादक


धुलोले दीर्घकालिन असर


धुलोले स्वास्थ्यमा अल्पकालिन भन्दा पनि दिर्घकालिनरूपमा असर गर्दछ । यसले युवापुस्ताको तुलनामा बालबालिका र ज्येष्ठ नागरिकमा बढी समस्या पार्दछ । अहिले देशका मूख्य सहर धुलोकै कारण प्रदूषित छन् । निर्माणाधिन अवस्थाका कारण धुलोले हावालाई अस्वस्थकर बनाएको छ । धुलो धुँवा नियन्त्रण हुन नसक्दा बिरामीको संख्या बढ्दै गएको छ ।

स्वस्थकर हावाका कारण मानिसमा अधिकांश रोगहरू लाग्दछन् । विषेशगरी धुलो धुवाँकै कारण छालामा एलर्जी आउन सक्छ । यो समस्या दीर्घकालिन रूपमै देखिरहन सक्छ । धुलोले एलर्जीसँगै रूघाखोकी, सास फेर्न गाह्रो हुने, दमका रोगीलाई झन् बढी समस्या बल्झिने, नाकको समस्या आउने, नाकको पनि एलर्जी हुनेलगायतका समस्या देखापर्न सक्छन् ।
यस्ता किसिमका समस्या देखिनासाथ तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गर्न सकिन्छ । समस्या अरू पनि देखिन्छन् । विषेशगरी दीर्घकालिन रूपमा देखिन सक्छ । आँखामा पनि समस्या देखिन्छ । आँखाको समस्या झन् जटिल हुन्छ । त्यसैले सकेसम्म धुलो धुवाँबाट आँखालाई बचाउन सकिन्छ । बाहिर हिडडुल गर्दा सकेसम्म आँखालाई सुरक्षित बनाउनका लागि चश्माको प्रयोग गर्ने, समय–समयमा सफा पानीले आँखाको सफा गर्ने गर्नुपर्दछ ।

पछिल्लो समय विकास निर्माणमा देखिएको सुस्तता छ । विषेशगरेर सडक निर्माण अस्तव्यस्त छ । दाङकै मुख्य सहर तुलसीपुर र घोराहीलाई जोड्ने सडकमै धुलो धुवाँ छ । सडकको धुलोले नजिकका बस्तीका नागरिकलाई अझै समस्या बनाएको छ । दैनिक रूपमा ओहोरदोहोर गर्ने सवारी साधानले नजिककै बस्तीका भान्सासम्म धुलो पुग्ने गरेको छ । धुलो धुवाँले मोटरसाइकलमा यात्रा गर्नेलाई पनि निकै सास्ती छ ।

मोटरसाइकलमा यात्रा गर्दा पनि निकै सावधानी अपनाउन आग्रह गर्दछु । धुलोका कारण छाला तथा फोक्सोमा गम्भीर असर देखिन सक्छ । त्यसकारण पनि धुलो धुवाँबाट बच्नका लागि यात्रा गर्दा विषेश सावधानी अपनाउन आवश्यक छ । सकेसम्म पूरै शरीर ढाकिने गरी कपडा लगाउने, यात्रा गरिसकेपछि तत्काल सरसफाई गर्ने, सकेसम्म यात्रा पनि कम गर्ने गर्नुपदर्छ । बाहिर निस्कनै परेमा पनि आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्छ ।

सडक आसपासका बस्तीका नागरिकले झनै धुलो धुवाँको निकै सास्ती खेप्नुपरेको छ  । तरकारीदेखि भान्सासम्म धुलो धुवाँ हुँदा यसले स्वास्थ्यमा गम्भीर असर देखिन सक्छ । तरकारी तथा अन्य खानेकुरा सफा पानीले सफाई गरिन्छ नै । अझ विषेश मेहनतका साथ सरसफाई गरेर तरकारी पकाउनुपर्छ । सकेसम्म बस्ती नजिकको सडकमा समय–समयमा पानी हाल्न सकियो भनेपनि धुलो धेरै कम गराउन सकिन्छ । धुलोको असर दीर्घकालिन रूपमा देखिने भएकाले खानपान र सरसफाईमा विषेश ख्याल गर्न आवश्यक छ । धुलोले हावा अस्वस्थकर छ । जसका कारण विभिन्न समस्या पनि देखिन थालेका छन् । धुुलो धुवाँबाट बच्न अनुरोध पनि छ ।


नागरिकलाई सास्ती


सडक लामो समयदेखि अलपत्र अवस्थामा छ । निर्माण थालेको करिब पाँच वर्षसम्म पनि सडक निर्माण हुन सकेको छैन् । सडक निर्माणको प्रगतिको अवस्था हेर्दा निकै टिठलाग्दो अवस्था छ । सडक अलपत्र हुँदा दुर्घटनाका घटना भइरहेका छन् भने अर्कोतर्फ धुलो धुवाँले निकै सास्ती दिएको छ । सडक छेउमै घर छ । सडकको धुलो दैनिक प्रत्येक गासमा खानुपर्ने अवस्था छ । धुलो धुवाँका कारण हाम्रो स्वास्थ्यमा निकै ठूलो गम्भीर असर पार्ने देखिन्छ ।

तत्काल नदेखिए पनि दीर्घकालिन रूपमा यसको असर पर्ने निश्चित छ । सडक धुलाम्य छ । ओहोरदोहोर गर्ने सवारी साधनले घरमा सुकाएका लुगादेखि बारीमा लगाएको तरकारीमा समेत असर गरेको छ । फोरलेन सडक विस्तारका नाममा नागरिकलाई हैरानी दिने काम भएको छ । विकास हुँदा केहि समस्या हुन्छन्, त्यो हामी नागरिकले बुझेका छौँ । तर बुझ्नुको पनि सिमा हुने रहेछ । धेर सहनशील रहेछन् नागरिक ।

अहिलेसम्म पनि सहेर बसेका छौँ । अब अझैसम्म कहिले हुने हो भन्ने निश्चित छैन् । समाचारमा आएअनुसार आउने असारसम्म सडक निर्माण सक्ने छ तर अहिले देखिएको अवस्थाले असारसम्म ५० प्रतिशत काम पनि पूरा नहुने देखिन्छ । यो अवस्थाले सडक निर्माणको काम पूरा हुन एउटा पुस्ता नै पुग्ने देखिन्छ । मुख्य सडककै दुरावस्था हुँदा धेरै नागरिकले सास्ती पाएका छन् । सडककै धुलोले ठूला–ठूला रोगका समस्या आउन सक्ने देखिन्छ । सावधानी अपनाउँदा पनि सम्भव देखिदैन । धुलोको समस्या कहिलेबाट अन्त्य होला भन्ने मनमा प्रश्न खड्किरहन्छ ।

बालकदेखि वृद्धसम्मका नागरिक धुलोपीडित बनेका छौँ । धुलोको समस्यालाई अन्त्य गर्न उपमहानगरपालिकाले कम्तिमा दैनिक पानीको व्यवस्था गर्नुपर्छ । होइन भने अझै हामी कति रोगी बन्ने हौँ, कसैलाई थाहा छैन् । सडक आसपासका बस्तीहरू धुलोबाट पीडित छौँ । यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले पनि जिम्मेवारीका साथ काम गर्नुपर्छ ।

काम गर्न सकिदैन भने जिम्मेवारी लिनुपर्दैन । विभिन्न बहानामा सडक निर्माणको काम अलपत्र पार्दा सर्वसाधारण नागरिकले धेरै सास्ती पाएका छन् । धुलो धुवाँले नागरिक समस्यामा छन् । यसको समाधानको उपाय खोज्नुपर्छ । विकासका नाममा नागरिकलाई रोगी बनाउन पाइदैन । धुलोको सास्ती छिटै अन्त्य हुनेमा अपेक्षित छौँ । यस विषयमा सम्बन्धित निर्माण व्यवसायी, सरकारले ध्यान दिनुपर्ने आवश्यक छ ।


मानवीय स्वास्थ्यमा खेलवाड


धुलाम्य सडकका कारण हामीले निकै सास्ती पाएका छौँ । सोमबारमात्रै म यातायात कार्यालय तुलसीपुरमा आउँदै गर्दा निकै धुलाम्य भएको छु । सडक निर्माणमा ढिलाई हुँदा दुर्घटनाको जोखिम बढेको छ भने अलपत्र सडककै कारण धुलाम्य हुँदा नागरिकलाई सास्ती भएको छ । सडक निर्माणमा निकै लापरबाही भएको छ ।

निर्माण कम्पनीको लापरबाहीका कारण सडकमा मोटरसाइकलको यात्रा गर्न निकै कष्टकर भएको छ । पानी नपरेको समयमा पनि रेन कोट लगाएर हिड्नुपर्ने अवस्था छ । यस्तो अवस्था अझै कहिलेसम्म खेप्नुपर्ने हो ? फोरलेन विस्तारको नाममा सडक अलपत्र हुँदा स्वास्थ्य जोखिममा परेको छ । भान्सादेखि फोक्सोसम्ममा धुलोले सास्ती दिएको छ । निर्माण पक्षको गम्भीर लापरबाहीका कारण सर्वसाधारण नागरिकले सास्ती पाएका छन् ।

दुई उपमहानगरलाई जोड्ने सडकको अवस्था दयनीय हुँदा पनि जिम्मेवार नेतृत्वले आवश्यक खबरदारी गरेको देखिदैन् । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्ने सडकको अवस्था सुधार हुने संकेत छिटै देखिदैन् । त्यसकारण नागरिकले अझै पनि धेरै वर्ष निकै सास्ती खेप्नुपर्ने अवस्था छ । सडककै धुलोका कारण नागरिकले स्वास्थ्यमा गम्भीर समस्या झेल्नुपरेको छ । यस्तो अवस्थाबाट चाँडै मुक्त हुन चाहेका छन् नागरिकले । तर समाधानको कुनै उपाय छैन् । सरकारी पक्षको गैरजिम्मेवारपनका कारण सडकको अवस्था लामो समयदेखि सुधार हुन सकेको छैन् । मुख्य सडककै अवस्था यस्तो हुँदा अन्य भित्री सडकको अवस्था कस्तो होला भन्ने प्रश्न पनि छ ।

नागरिकको स्वास्थ्यलाई जोखिममा पार्ने धुलोको चाँडै अन्त्य गर्न चाहन्छौँ । सडक दुर्घटनाको जोखिम एकातिर त छदैँछ । सडककै कारण स्वास्थ्य पनि जोखिममा छ । एकपटक यात्रा गरिसकेपछि लगाएका कपडाको अवस्था कपडाकै अवस्थामा हुन्न भन्दा पनि हुन्छ । धुलोले शरीरै ढाक्ने अवस्था जहिले पनि छ । यसअघिकै सडकमा यात्रा पनि निकै सहज थियो तर पछिल्लो समय फोरलेन सडक स्तरोन्नतीका कारण सडकको अवस्था झन् बिग्रिएको छ । विदेशका अन्य मुलुकमा रातारात सडक निर्माण हुन्छ । तर यहाँ त एउटै २४ किलोमिटर सडक पनि वषौँँसम्म निर्माण हुन सकेको छैन् । सडकको अवस्था बिग्रदा व्यापार व्यवसायमा समेत यसले गम्भिर असर पारेको छ ।

सडकको बिग्रदो अवस्थाले सडकमा आवतजावत गर्ने मानिसको चहलपहल स्वभाविक रूपले कम छ । सडकको यात्रा जोखिम र कष्टपूर्ण हुँदा नागरिक यात्रामा निस्कन नसक्ने अवस्था छ । बाध्यताकै बीचमा सडकको यात्रा गर्नुपर्ने अवस्था छ । नत्र भने घोराही–तुलसीपुर सडकको यात्रा गर्न सकिदैन् । सडकको अवस्था सुधार गर्नका लागि तत्काल निर्माण पक्षको ध्यान पुग्नुपर्छ । सम्बन्धित सरोकारवाला स्थानीय सरकार, प्रदेश तथा केन्द्र सरकारको ध्यान जानुपर्छ ।

घोराही र तुलसीपुरका नागरिकमात्र नभई सडकमा यात्रा गर्ने नागरिकलाई सास्ती भएको छ । फरक यतिमात्रै हो, सडक आसपासका नागरिकले दैनिक धुलो खानुपरेको छ भने सडकमा यात्रा गर्नेले सीमित समयमा मात्रै हो । सडक निर्माणमा देखिएको गैरजिम्मेवारपनले आम नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको छ । सरकारी बेवास्ताकै कारण ठेकेदार कम्पनीलाई हाइसन्चो छ । खबरदारी पुगेको भए सायद छिटो बन्थ्यो सडक । तर अवस्था त्यस्तो देखिएको छैन् । सडकमा भएको धुलो दिएको सास्ती कति हुन्छ भन्ने सडकबाटै चिल्ला गाडीमा हुँइकिनेलाई सायद के थाहा ? एकदिन सडकमा मोटरसाइकलमा यात्रा गर्नुपर्छ । त्यसपछिमात्र सडकको अवस्थाको हालत हुन्छ ।


बाँच्न पाउने अधिकार हनन


धुलो उपहार जस्तै भएको छ । घर सडकको नजिक हुनुको बेफाइदा यहि रहेछ । लगाएका तरकारी पनि राम्रो उत्पादन हुँदैन् । उत्पादन भएपनि खान स्वास्थ्यकर हुँदैन् । पानीले सफा गरेपनि तरकारीको भित्रि भागमा पुगेको धुलो थाहा पाउँदा पाउँदै पनि खानुपरेको छ । सडक निर्माण थालेको पाँच वर्ष भयो । तर अहिलेसम्म बन्ने कुनै छाँट देखिएको छैन् । सडक तत्काल नबने अझै पनि कति धुलो खानुपर्ने हो कुनै निश्चित छैन् । धुलोकै कारण हाम्रो स्वास्थ्यमा गम्भीर असर पुगेको छ होला । तर बाध्यता ठाउँ छोडेर जानुको विकल्प छैन् ।

जो ठेकेदार आएपनि सडक बनाउने होइन्, जहिले पनि अब त सरकार निर्माणले गति लिने भन्ने आश्वासनमात्रै पाउँछौँ । हामी स्वस्थसँग बाँच्न पाउने अधिकारसमेत हनन भएको छ । ठेकेदारको गैरजिम्मेवारपनका कारण हामी नागरिकले सास्ती भोग्न बाध्य छौँ । समस्या लामो समयदेखि छ । तर यसबारेमा कसैले चासो दिएको छैन् । आँगनमा बिस्कुन सुकाउन सक्ने अवस्था छैन् । कपडा धोएर सुकाउन सक्ने अवस्था छैन् । धुलोले कति सास्ती दिएको छ भन्ने कुरा हाम्रो ठाउँमा दुई दिन बसेर विचार गरे हुन्छ ।

सर्वसाधारण नागरिकको स्वास्थ्यमाथि निकै खेलवाड भइरहेको छ । निर्माणको नाममा सडक भताभुंग पारेर दुर्घटनाको जोखिम एकातिर छ, अर्कोतिर धुलो धुवाँले हामी नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको छ । कोहि पनि जिम्मेवार हुन सकेनन् । सडकको अवस्था निकै दयनीय हुँदा पनि तीनै तहका सरकार मुकदर्शक बनेर बसेका छन् । यसै बाटोमा नेता आवतजावत गर्छन् । तर धुलोले स्वास्थ्यमा पारेको गम्भीर असरप्रति कसैले चासो उठाएको छैन् ।

हामीले पनि बाँच्न पाउनुपर्छ । समस्या समाधानका लागि प्रत्येक निर्वाचनमा पाएका आश्वासन व्यवहारिक रूपमा कहिले पनि पाएका छैनौँ । नागरिकले स्वस्थ रूपमा बाँच्न पाउनुपर्छ । विकासको नाममा धेरै सास्ती भएको छ । छोटो समयमा केही भएपनि सहनुपर्छ तर यहाँ त पाँच÷पाँच वर्षसम्म पनि केही परिवर्तन हुने छाँट देखिएको छ । अहिले झन् सडकमा सबै प्रकारका खाल्डाखुल्डी नभएपछि साना तथा ठूला सवारी साधन हुँइकिन्छन् । अनि झन धेरै धुलो धुवाँ खानुपरेको छ ।

सडकको अवस्था सुधार गर्नका लागि हामीले अनुरोध गरेका पनि छौँ तर त्यस्तो सुधार हुने कुनै संकेत देखिएको छैन् ।
धुलो धुवाँकै कारण पानीसमेत प्रदूषित बनेको छ । पानी पनि प्रशोधन गर्ने उपाय हामीसँग पनि छैन् । जसका कारण पानीमा मिसिएको धुलो पनि खानुपरेको छ । धुलो धुवाँका कारण अस्पतालमा महिना दिन नपुग्दै जानुपर्ने अवस्था छ । हुन त हामीले बोलेका कुरा कस्ले पो सुन्ने होला । जे भएपनि हामीले धुलो धुवाँका कारण कति सास्ती पाएका छौँ भन्ने कुरा देख्नेलाई भन्दा भोग्नेलाई बढी थाहा हुन्छ । वषौँदेखिको यो समस्या छिट्टै समाधान हुन्छ भन्ने आशा मर्न थालिसकेको छ ।

जहिले पनि अलपत्र सडकले हामीलाई प्रत्यक्षमात्रै नभएर अप्रत्यक्षरूपमा प्रभाव पारिरहेको छ । दुर्घटनाको जोखिम एकातिर र अर्कोतिर धुलो धुवाँको जोखिम पनि बढिरहेको छ । यो धुलोले हाम्रो जीवन नै जोखिममा पारेको छ । अझ दीर्घकालिन रूपमा पनि असर गरिरहेको छ होला । तर अहिले प्रत्यक्षरूपमा प्रभाव पारिरहेको अवस्था छ । हरेक खानेकुरामा विष मिसिरहेको छ । विष खाँदा स्वास्थ्य कसरी स्वस्थ हुन सक्ला र ? दमको समस्या पनि आउन सक्छ ।

छालामा पनि सामान्य रूपमा एलर्जीको प्रभाव पनि बढी पर्न थालिसकेको छ । आगामी दिनमा यसको गम्भीर असर कति पर्ने हो, अहिले पनि धुलो धुवाँले निकै असर गरिरहेको छ । सडक निर्माणमा तत्परता देखिनुपर्छ । निर्माण समयमा नगर्ने ठेकेदारलाई जिम्मेवारी मुक्त गरेर अरू ठेकेदार ल्याउनुपर्छ । हाम्रो ठाउँको विकास देखेर पनि निकै उदेक लागेको छ । तत्काल कामले गति लिन नसकेमा हामी अब चुप लागेर बस्ने अवस्था छैन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here