२०७९/१०/२३ गते सोमबार
फाल्गुण कृष्णपक्ष प्रतिपदा तिथि अश्लेषा नक्षत्र
नेपालमा सूर्योदय ६ः५० सूर्यास्त ५ः४७
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
समयलाई व्यवस्थापन गर्न नसक्दा केही समस्या आउने छ । काम गर्दा हतारबाट कार्यमा समस्या आउला । अग्रज व्यक्तिसँग केही असमझदारी बढ्ला ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
विगतमा रोकिएका कामहरू प्रयास गरे सफलता रहने देखिन्छ । सामाजिक कार्यमा सफलता आउने छ । नयाँ काम थालनी गरे पनि कार्यमा बाधा रहने छ ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्थिक लेनदेनमा सावधानी भएर अगाडि बढ्नु होला । आन्तरिक कुरालाई जानकारी लिन सकिने समय छ । बोल्दा सावधान भएर बोल्नु होला ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
समयलाई व्यवस्थापन गर्न नसक्दा समस्या आउला । दैनिक कार्यमा निरन्तरता दिदा सफलता रहने छ । खानामा विशेष ख्याल गरेर अगाडि बढ्नु होला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
घर बाहिरका कार्यहरूबाट सफलता रहने छ । वैदेशिक क्षेत्रका व्यक्तिहरू सफलता रहने छ । बिगतका गल्ती कमजोरीलाई सुधार गर्ने समय रहेको छ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफूलाई मनपर्ने विभिन्न भौतिक सामग्री जोड्ने समय रहेको छ । आम्दानीका क्षेत्रहरूमा बृद्धि रहने छ । व्यापार, व्यवसायमा सफलता रहने छ ।
तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
अरूको कामको लागि केही समय खर्च गर्नुपर्ने देखिन्छ । तपाईलाई रिस मान्नेहरूबाट समस्या छ । व्यापार, व्यवसायमा भने अनुसार फाइदा लिन समस्या रहने छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
प्रयास गरेमा उच्च जिम्मेवारी लिन सकिने छ । केही समस्या हल हुने छन् । अवसरहरू थुपै्र आउने छन् । विगतमा नराम्रो सोच्नेहरूबाट कार्यमा केही समस्या आउला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आर्थिक समस्याका कारण केही काम रोकिने छ । तपाईको कमजोरीबाट आफन्तमा केही समस्या आउने छ । खर्चमा बृद्धि रहने छ । दौडधुप बढी रहने छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
अरूलाई आफ्नो कार्यमा आकर्षित गर्न सकिने छ । व्यापार, व्यवसायमा सफलता रहने छ । दाम्पत्य जीवनमा सफलता रहने छ । आम्दानीका स्रोतहरू बढ्ने छन् ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
खानपिनमा विशेष ख्याल गर्नुहोला । अनावश्यक खर्चबाट बच्नुहोला । प्रतिस्पर्धामा नलाग्नु होला । आफ्नो कार्यको योजना गोप्य राखेर अगाडि बढ्नु होला ।
मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
सहयोगीहरूको राम्रो साथ र सहयोग रहने छ । शैक्षिक क्षेत्रमा सफलता रहने छ । बौद्धिक क्षेत्रमा सफलता रहने छ । प्रतिष्ठामय काम गर्ने बेला छ । नयाँ समाचार सुन्न पाइएला ।
वास्तु ज्ञान
होटलकोे द्वार ईशान कोणतर्फ हुनुपर्दछ ।
होटलको कोठाको द्वार उत्तर, पूर्व या ईशान कोणतर्फ हुनुपर्दछ । कोठाको फर्निचर, प्लङ, सोफा आदिलाई दक्षिण या पश्चिमतर्फ राख्नुपर्दछ । ढोका उत्तर, पूर्व या ईशानमा राख्नाले कोठामा उत्तर या पूर्व खाली र हल्का रहन्छ साथै आउने र जानेको बाटो पनि त्यहि हुने गर्दछ ।