- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरप्रेस चौतारीको २५औँ स्थापना दिवस

प्रेस चौतारीको २५औँ स्थापना दिवस

- Advertisement -spot_img

दाङ, २३ माघ ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आफ्नो २५औं स्थापना दिवस मनाएको छ । शाखाले आइतबार विविध कार्यक्रम गरी २५ औँ स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा रक्तदान र चौतारीको जिल्लास्तरीय महिला भेला गरेको हो ।

चौतारीका जिल्ला अध्यक्ष इन्द्र डिसीको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य वलीले चौतारीमा आवद्ध पत्रकारहरू सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरेकी थिइन् । उनले पार्टीको हकहितमा कलम चलाउन आग्रह गर्दै पार्टीका गलत गतिविधिमा खबरदारी गर्न आग्रह गरिन् ।

कार्यक्रमलाई जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, चौतारीका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सविन प्रियासन, चौतारीका केन्द्रीय सदस्य टीका बस्नेत, जिल्ला इञ्चार्ज गणेश आचार्य, चौतारीकी जिल्ला उपाध्यक्ष सुधासुमन ढकाललगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए । वसन्त आचार्य, संगीत बस्याल, गणेश आचार्य, जगत खनाललगायतले रक्तदान गरेका थिए । यसैबीच चौतारीको महिला भेलाले दिप्तीशिखा चौधरीको नेतृत्वमा जिल्लास्तरीय विभाग गठन गरेको छ । विभाग ३० सदस्यीय रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here