Friday, February 7, 2025
Homeराशिफल२०७९ माघ २२ गते आइतबारको राशिफल

२०७९ माघ २२ गते आइतबारको राशिफल

- Advertisement -spot_img


२०७९/१०/२२ गते आइतबार
माघ शुक्लपक्ष पूर्णिमा तिथि
तिष्य नक्षत्र
नेपालमा सूर्योदय ६ः५१ सूर्यास्त ५ः४६

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफ्नोभन्दा अरूको कार्यको लागि समय दिनुपर्ने । कृषि क्षेत्रमा सोचेअनुसार फाइदा छैन । आफ्नो कुराहरू गोप्य राखेर अगाडि बढ्नु ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आफन्तको ठिकै साथ र सहयोग छ । तपाईको परिश्रमको मूल्य उठ्ने छ । रोकिएका कार्यहरू सम्पादन हुने छन् । घरपरिवारको समस्या हल होला ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको प्रयासबाट कार्य सम्पादन हुने छन् । कुनै कार्यक्रममा सहभागी हुने समय रहेको छ । विगतको कार्यबाट लाभमय समय रहेको देखिन्छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आत्मविश्वासमा वृद्धि रहने छ । नवीन कार्य सुरूवात गर्ने समय रहेको छ । मान, सम्मान, प्रतिष्ठा बढ्ने छ । स्वादिष्ट भोजनको योग रहने देखिन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
घर बाहिरको कार्यबाट लाभ रहने छ । आर्थिक लगानी गर्नुपर्ने देखिन्छ । आफन्तमा असमझदारी रहने छ । समयलाई चिन्न नसक्दा अप्ठेरोमा परिएला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आम्दानी रकम लगानी गर्नुपर्ने छ । अवसरहरू थुपै्र आउने छ । कार्यमा केही ढिलाइको महसुस हुनेछ । समयले निस्क्रिय बनाउन सक्नेछ ख्याल गर्नु ।

तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
कामको क्रममा विभिन्न व्यक्तिसँँग भेटघाट रहने छ । व्यापार, व्यवसाय गरेकाहरूलाई फाइदा रहने छ । परिश्रमबाट सफलता प्राप्त रहने छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
नसोचेको कामको सफलता रहने छ । आर्थिक लाभ रहने छ । नसोचेको व्यक्तिसँग भेट होला । तपाईको कार्यबाट धेरै मान्छेहरू प्रभावित रहने छन् ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
घरेलु कार्यमा समय दिनुपर्ला । आशा बाँड्ने व्यक्तिसँग सावधान भएर अगाडि बढ्नु । सवारी साधन चढ्दा वा चलाउँदा सावधानी रहनु ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
हतार गर्दा काममा बाधा रहने छ । आम्दानीमा बृद्धि रहने छ । यात्रायुक्त समय रहेको छ । धैर्यता र लगनशीलताबाट सफलता रहने छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
व्यापार, व्यवसाय गरेका व्यक्तिलाई फाइदा रहनेछ । समस्यालाई हल गर्दै अगाडि बढ्नु होला । विगतमा रोकिएका कामहरू सम्पादन रहने छन् ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
सन्तान पक्षबाट साथ र सहयोग रहने छ । बौद्धिक क्षेत्रमा सफलता रहने छ । शैक्षिक जगत्मा सफलता रहने छ । समयले उत्साह दिनेछ ।

वास्तु ज्ञान
गोरू बाध्ने स्थान पश्चिम राम्रो हुन्छ ।
गोरू, राँगा बाध्ने स्थान खेतबारीको पश्चिम, दक्षिण क्षेत्रमा बनाउनु पर्दछ । रखवारी गर्नेको कटेरो आवश्यतानुसार पश्चिमोत्तर वा दक्षिण पूर्वमा बनाउनुपर्छ । कृषिमा प्रयोग हुने औजार पनि नैऋत्यकोणमा राख्नु पर्दछ । तर रखवारी गर्ने व्यक्तिको लागि आवास, कटेरो भने कदापि पूर्वोत्तर वा उत्तरमा बनाउनु हुँदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here