Friday, January 24, 2025
Homeराशिफल२०७९ माघ २१ गतेको राशिफल

२०७९ माघ २१ गतेको राशिफल

- Advertisement -spot_img


२०७९/१०/२१ गते शनिबार
माघ शुक्लपक्ष चतुर्दशी तिथि
पुनर्वशु नक्षत्र
नेपालमा सूर्योदय ६ः५१ सूर्यास्त ५ः४५

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफन्तसँग असमझदारी बढ्ने छ । आफ्नो कामको योजना गोप्य राखेर अगाडि बढ्नु होला । परिवारमा अग्रज व्यक्तिको सहयोगबाट काम बन्ने छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
सानो प्रयत्नले पनि काम बन्ने छन् । कृषि, व्यावसायिक कार्यबाट फाइदा रहने छ । आर्थिक आर्जन गर्ने समय रहेको छ । आत्मविश्वास बढ्ने छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
अनावश्यक विवादमा परिने छ । बोल्दा विचार गरेर अगाडि बढ्नु होला । मान सम्मानमा बाधा हुनेछ । तपाईको प्रयासबाट कामहरू बन्ने छन् ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
योजना बनाएर अगाडि नबढ्दा कार्यमा समस्या छ । गफमा बढी समय बित्ने छ । खानपिनमा सावधानी रहनु । सानो कार्यमा पनि धेरै समय लाग्ने छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आफन्तमा असमझदारी बढ्ने छ । प्रतिस्पर्धाबाट फाइदा रहने छ । घर बाहिरका कार्यबाट सफलता रहने छ । वैदेशिक क्षेत्रबाट लाभ रहने छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आम्दानीका नयाँ बाटाहरू देखापर्ने छ । कार्यमा सफलता छ । नवीन ज्ञानको जानकारी हुनेछ । शैक्षिक प्रगति छ । ल्याउनुपर्ने रकम प्राप्त हुनेछ ।

तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
अग्रज व्यक्तिसँग भेटघाट बढ्ने छ । प्रतिष्ठित कार्य गर्ने योग रहला । अरूलाई प्रभाव पारेर काम बन्ने छन् । आफ्नो कार्यमा अगाडि बढ्न सकिने छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
गरेका कामबाट धेरैलाई फाइदा हुनेछ । सामाजिक कार्यमा रूचि बढ्ने छ । एकै कार्यमा दोहोरो फाइदा लिन सकिने छ । नयाँ योजनाहरू बन्ने छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
सवारी साधन चलाउँदा सावधान रहनु । स्वास्थ्यमा समस्या छ । आर्थिक लेनदेनमा विवाद रहने छ । प्रयासबाट व्यावसायिक समस्या हल छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
प्रेमको नाता गास्ने बेला छ । दाम्पत्य जीवन सुखद रहने छ । बाध्यामत्क कार्यमा लाग्नु पर्नेछ । केही विवादयुक्त समय रहने छ । दैनिक काम ठिकै छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
प्रतिस्पर्धामा सफल भइने छ । कार्य सफलको लागि संघर्ष गर्नुपर्ने । अरूलाई दिइएको रकम फिर्ता रहने छ । व्यापारमा केही मात्रामा सफलता छ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
व्यापार, व्यवसायमा विशेष लाभ रहने छ । दाम्पत्य जीवन सुखद रहने छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । बोलीको भरमा धेरै कामहरू बन्ने छ ।

वास्तु ज्ञान
ईशानमा शौचालय कदापि बनाउनु हुँदैन ।
घरको पूर्व र ईशान कोणमा स्नानघर वा शौचालय कदापि बनाउनु हुँदैन (त्यो देवक्षेत्र पुजा स्थल हो) । यदि बनिसकेको छ भने त्यहाँबाट हटाउनु नै श्रेयकर हुन्छ । स्नान घरको लागि उत्तर, पूर्व, ईशान, नैऋत्य बाहेकका दिशा उचित हुन्छन् । यसको ढोका पूर्व वा उत्तर फर्केको हुनुपर्दछ । शौचालयमा बस्दा उत्तर वा दक्षिण फर्किनु राम्रो हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here