- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरपढेर जागिर होइन उद्यमी बन्ने हो

पढेर जागिर होइन उद्यमी बन्ने हो

- Advertisement -spot_img

तुलसीपुर, २१ माघ ।
दिपेन्द्र मावि कक्षा १० मा पढ्ने जुना परियारलाई उद्यमशीलतामा निकै चासो थियो । पढेर फुर्सदको समयमा उनी घरमा केही न केही उद्यम गरिरहेकी हुन्थिन् । पढेर राम्रो उद्यमी बन्ने उनको सपना पनि थियो । तुलसीपुर मेट्रो कलेज र ग्रीन फाउन्डेसनको सहयोगमा सञ्चालित उद्यमशीलता कार्यक्रममा सहभागी भएपछि उनको सपना थप मजबुद भएको छ ।

‘मलाई पढेर जागिर खानेभन्दा पनि आफूले केही उद्यम गर्ने कुरामा धेरै चासो छ, तालिम पाएपछि धेरै गर्न सकिन्छ जस्तो लागेको छ’ उनले भनिन् । कृषिमा आधारित उद्यम गर्ने उनको सोच रहेको छ ।

माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको कक्षा १० मा अध्ययरत विद्यार्थी लेखराज देवकोटालाई पनि उद्यमशीलताका बारेमा जानकारी लिन पाउँदा निकै खुसी लागेको छ ।

आफ्नै गाउँठाउँमा बसेर काम गर्ने चाहना बोकेका देवकोटालाई सीप सिकेर स्थानीयस्तरमै काम गर्ने रहर छ । ‘मलाई त सानोतिनो केही काम भएपनि आफ्नै ठाउँमा गर्न मन लागेको छ, तालिम पाएपछि झनै आँट बलियो भएको छ’ देवकोटाले खुसी हुँदै सुनाए ।

विक र देवकोटाजस्ता सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई ग्रीन फाउन्डेशनको सहकार्यमा तुलसीपुर मेट्रो कलेजले उद्यमशीलता, पढ्दै कमाउँदै र वातावरण संरक्षणका बारेमा विभिन्न कुराहरू सिकाइरहेको छ । सानैदेखि विद्यार्थीहरूलाई उद्यमशीलताका बारेमा सिकाउनका लािग यस्तो अभियान सञ्चालन गरिएको ग्रीन फाउन्डेशनका सुरेश रावतले जानकारी दिए ।

उनले विभिन्न छवटा सामुदायिक विद्यालयहरूमा करिब पाँचसय विद्यार्थीहरूलाई यस्तो अभियानका बारेमा जानकारी गराएको बताए । ‘हामीले केही नमुना विद्यालय छनोट गरेर पहिलो चरणको अभियान सम्पन्न गरेका छौ, विस्तारै अन्य विद्यालयहरूमा पनि पुग्ने योजना रहेको छ’ रावतले भने ।

रावतले हरेक विद्यालयमा उद्यमशील समूह गठन गरिएको र उद्यमशीलता कार्यक्रम सञ्चालनका लागि समूहका विद्यार्थीहरूलाई परिचालन गरिने पनि उनको भनाइ थियो । उद्यमशीलताको तालिमसँगै आवश्यकता अनुसार विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्ने तयारी गरिरहेको तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

‘हामीले उद्यमशीलता तालिम लिएकाहरूको रूचि, चाहना र आवश्यकताका आधारमा विभिन्न तालिमहरू पनि दिनेछौ’ कलेज प्रमुख आचार्यले भने । उनले तुलसीपुरलाई उद्यमीहरूको सहरका रूपमा विकास गर्नका लागि कलेजले विभिन्न उद्यमशीलताका कार्यक्रम पनि सञ्चालन गरिरहेको जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here