- Advertisement -spot_img
Monday, March 20, 2023
Homeसमाजसहारा सहकारीको रक्तदान

सहारा सहकारीको रक्तदान

- Advertisement -spot_img

दाङ, २१ माघ ।
सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुरले १५औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यालयमै संस्थाका सदस्य तथा पदाधिकारीहरूको सहभागितामा स्थापना दिवसमा रक्तदान गरिएको सचिव भिमलाल मरासिनीले बताए ।

संस्थाका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षतामा तथा नेपाल रेडक्रस सोसाइटी दाङका सभापति नारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि संस्थापक अध्यक्ष विष्णु प्रसाद शर्मा, उपाध्यक्ष टोप बहादुर महतरालगायतले मन्तब्य राखेका थिए ।

सो अवसरमा हरिप्रसाद उपाध्याय, टोप बहादुर महतरा, सुनित चौधरी, जीवन मरासिनी, आशिष विष्ट, किरण विक, अशोक कुमार शर्मा, माधव प्रसाद उपाध्याय, मधुसुदन केसी, शालिकराम वली, केशवराज सापकोटालगायतले रक्तदान गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव भिमलाल मरासिनीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here