- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरनिःशुल्क पशु स्वास्थ्य शिविर

निःशुल्क पशु स्वास्थ्य शिविर

- Advertisement -spot_img

उपचार, बन्ध्याकरण र रेविजविरूद्धको खोप सेवा

सल्यान, २१ माघ ।
सल्यानको त्रिवेणी गाउँपालिकाले निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको वडास्तरीय पशु स्वास्थ्य शिविरमा १ सय २२ जना किसानहरूले शिविरको लाभ लिएका छन् ।

शुक्रबार त्रिवेणी गाउँपालिका–२ को गैरागिठीमा शिविर आयोजना गरिएको थियो । शिविरमा पशुको उपचार, बन्ध्याकरण, औषधि वितरणसँगै रेविजविरूद्धको खोप समेत लगाइएको पशुपन्छी विकास शाखाले जनाएको छ ।

निःशुल्क पशु स्वास्थ्य शिविरमा १ हजार १ सय ९० बाख्रा, नौसय ८१ कुखुरा, १ सय १४ गाईगोरू र सातवटा भैंसीलाई औषधि वितरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । रावतका अनुसार १० वटा बोकाको बन्ध्याकरण गरिएको थियो भने ९ वटा कुकुरलाइ रेविजविरूद्धको खोप लगाइएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले शिविरबाट पशुपालक किसानले आफ्नै गाउँठाउँमा सेवा पाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् । यस्तै वडा नम्बर २ का वडा अध्यक्ष हस्त बहादुर रामजाले व्यवसायिक रूपमा पशुपालनमा लाग्नुपर्नेमा जोड दिए ।

पशु सेवा शाखाभन्दा टाढाका बस्तीमा गाउँपालिकाले यस प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले वडा नम्बर ५ मा पनि पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको जानकारी गराएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here