२०७९/१०/२० गते शुक्रबार
माघ शुक्लपक्ष द्वादशी तिथि
पुनर्वशु नक्षत्र
नेपालमा सूर्योदय ६ः५२ सूर्यास्त ५ः४४
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
व्यापार, व्यवसाय गरेकालाई फाइदा रहने देखिन्छ । आर्थिक आयआर्जन गर्ने समय रहेको छ । आफन्तको साथ सहयोग भएपनि कार्यमा बाधा रहला ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
विगतका गल्ती कमीजोरीलाई सुधार गर्ने समय रहेको छ । शैक्षिक क्षेत्रमा ठिकै रहला । तार्किक क्षमताबाट अगाडि बढ्ने समय रहेको देखिन्छ ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
नयाँ कार्यको जानकारी रहने छ । बिगतका कार्य सफलताले मनमा उत्साह थपिने देखिन्छ । विगतका कमीकमजोरीलाई सुधार गरेर अगाडि बढ्नु होला ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
घर बाहिरको कार्यबाट लाभ रहने समय रहेको छ । काममा ढिलासुस्ती तथा आलस्यता रहने छ । व्यापार, व्यवसायमा लगानी बढाउनु पर्नेेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
व्यापार, व्यवसाय गरेकालाई लाभ रहला । अध्ययन अध्यापनमा सफलता रहने देखिन्छ । परिश्रम तथा मेहनतबाट कार्यमा सफलता रहला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईले अरूलाई प्रभाव पारेर काम बनाउन सक्नु हुनेछ । व्यापार, व्यवसाय गरेकालाई लाभ रहने छ । अग्रज व्यक्तिसँग भेटमय समय रहेको छ ।
तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
बिगतमा रोकिएका कार्यहरू सम्पादन हुनेछन् । नयाँ कार्यको काम गर्ने अबसर प्राप्त रहने छ । मंगलमय कार्यमा समय दिनुपर्ने देखिन्छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
अरूको सहारामा कार्य गर्दा समस्या रहने छ । नवीन कार्यमा समय दिनुभन्दा पहिले सोच विचार गरेर अगाडि बढ्नु होला । शिक्षामा समस्या छ ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
कार्यमा सफलता रहने देखिन्छ । आफूलाई प्रयोग हुने भौतिक सामग्री जुटाउने समय रहेको देखिन्छ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहने छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
कामलाई अगाडि बढाउन संघर्ष गर्नुपर्ने छ । अन्य व्यक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । व्यापार, व्यवसाय गरेकालाई ठिकै रहने समय छ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
सन्तान क्षेत्रबाट साथ र सहयोग रहने देखिन्छ । बौद्धिक क्षेत्रमा सफलता रहने छ । सामाजिक कार्य ठिकै छ । सोचेको कामहरू विस्तारै सम्पादन हुनेछन् ।
मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
अरूलाई विश्वास गर्नु नै धोका छ । समयअनुसार चल्ने प्रयास गर्नुहोला । अग्रज व्यक्तिसँग असमझदारी बढ्ने छ । जिद्दिपनबाट कार्यमा बाधा छ ।
वास्तु ज्ञान
ग्याँस (प्लाण्ट) उत्तर कुनामा बनाउनु पर्छ ।
गोबर ग्याँस एउटा भूमिगत ट्यांकी हो जहाँ ग्याँस बन्ने गर्छ । यसलाई पूर्वी वा उत्तरी कुनामा सेफ्टी (ट्यांकीझै) अर्थात् उत्तर उत्तर पूर्वी वा पूर्व उत्तर पूर्वी कुनामा बनाउनु पर्छ । यसलाई उत्तर पश्चिम, दक्षिण पश्चिम क्षेत्रमा बनाउनु हुँदैन । दक्षिण पश्चिममा पनि बनाउनु हुँदैन ।