- Advertisement -spot_img
Monday, March 20, 2023
Homebreaking-newsबहिरा अपाङ्गः पीडा र समस्या सधैं

बहिरा अपाङ्गः पीडा र समस्या सधैं

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, २० माघ ।
दंगीशरण गाउँपालिका–२ गोल्टाकुरी बस्ने पार्वती खत्री बहिरा अपाङ्गता भएकी व्यक्ति हुन् । बहिरा भएकै कारण आफूले भोग्नुपरेका समस्या, दुःख र पीडाका अनुभवहरू उनीसँग प्रशस्त छ ।

उनी मात्र होइन उनका श्रीमान् बम्बे बहादुर पनि बहिरा अपाङ्गता भएका व्यक्ति हुन् । श्रीमान् श्रीमती नै बहिरा हुँदा सञ्चारको अभावले आफूहरूलाई सधैँ समस्यामा पार्ने उनीहरू बताउँछन् । परिवारभित्र पनि आफ्ना समस्याहरू सुनाउन, बुझाउन उनीहरूलाई मुस्किल हुने गर्दछ ।

सञ्चारको अभावका कारण समयमै उपचारसमेत पाउन नसकेको गुनासो त झन सदाबहार जस्तै छ । शरीरमा चोटपटक लाग्दा, लड्दा समयमै उपचार नपाएको र त्यसको प्रभाव आफ्ना सन्तानमा समेत परेको अनुभव उनीहरूसँग छ । गर्भवतीको समयमा घरको भ¥याङबाट लडेर घाइते भएको कुरा परिवारलाई बुझाउन नसक्दा त्यसको प्रभाव छोरामा देखिएको पार्वतीको भनाइ छ ।

‘चार महिनाको गर्भवती हुँदा म भ¥याङबाट लडेकी थिए, बाहिरी चोट केही थिएन, तर पेट बेस्सरी दुखेको थियो, हिँड्न सकिन तर मेरो समस्या अरूले बुझेनन्’, उनले भनिन्– ‘त्यसबेला लडेको असर पछि देखियो, श्रीमान्ले त्यो कुरा थाहा पाएपछि दुईदिन अस्पतालमा बस्नुप¥यो, ४० हजार रकम खर्च भयो । समयमै उपचार नपाउँदा अहिले छोरामा समेत समस्या देखिएको छ ।’

तुलसीपुर उपमहानगर–पालिका–१८ कि क्षितिज पौडेललाई बहिरा अपाङ्गता परिचयपत्र बनाउन तीन पटकसम्म वडा कार्यालय धाउनु प¥यो । उनले वडाका कर्मचारीहरूलाई आफू परिचयपत्र बनाउन आएको भनी बताए । कर्मचारीहरूले उनको कुरा नबुझेपछि उनलाई लेखेर प्रश्न गरे ।

तर कर्मचारीले लेखेको कुरा उनले बुझ्न सकेनन् । एकले अर्काको भाषा नबुझेपछि परिचयपत्र बनाउनै महिना दिन लागेको उनले बताए । स्थानीय सरकारले वडाहरूमा दोभासेको व्यवस्था नगर्दा परिचयपत्रका लागि पटक–पटक वडामा धाउनुपरेको अनुभव उनले सुनाए ।

‘हाम्रो भाषा अरूले बुझ्दैनन्, हामी अरू बोलेको बुझ्दैनौँ । सञ्चार नहुँदा हामी आधारभूत आवश्यकता र सरकारी सेवा सुविधाबाट पाउनबाट वञ्चित हुन परिरहेको छ’ उनले भने– ‘स्थानीय सरकारले अपाङ्गमैत्री सेवा प्रदान गर्छौँ भने पनि त्यो कार्यान्वयन हुन सकेको छैन । मजस्ता अन्य साथीहरूले पनि यस्ताखाले थुप्रै समस्याहरू भोग्नुपरेको छ ।’

घोराही उपमहानगरपालिका–१२ रमना बस्ने विजय वलीले पनि उपमहानगरपालिका जाँदा आफूलाई थप समस्या उत्पन्न हुने बताउँछन् । ‘समस्या लिएर पालिकामा गयो त्यहाँ झन् समस्या उत्पन्न हुन्छ । के काम लिएर आएको हो, के समस्या हो त्यो बुझाउनै मुस्किल पर्छ’ उनले भने– ‘जहाँ जान्छौँ त्यही समस्या छ, सरकारी तथा गैर–सरकारी संघसंस्थाहरू पनि पूर्णरूपमा अपाङ्गमैत्री छैनन्, सञ्चारको व्यवस्था छैन जसका कारण हामी समस्यै–समस्यामा गुज्रिन बाध्य छौँ ।’

सल्यान घर भई हाल शान्तिनगर–२ बाघमारे बस्दै आएकी सपना डाँगीले पनि सञ्चारको अभावले भोग्नुपरेको समस्याहरू सुनाइन् । साङ्केतिक भाषा अरूले नबुझ्ने, अरूको भाषा आफूले नबुझ्ने भएकाले अपमानको महसुस हुने उनी बताउँछिन् ।

‘कहिलेकाहीँ भन्नै पर्ने कुराहरू हुन्छ त्यतिबेला प्राकृतिक साङ्केतिक भाषा प्रयोग गर्छौँ तर भन्न खोजेको भन्दा फरक अर्थ लाग्छ’ उनले भनिन्– ‘भनेको कुरा जतिसुकै गरे पनि बुझाउन नसक्दा आफूलाई अपमानित भएको महसुस हुन्छ । खुलेर भन्न सकिँदैन ।’

अपाङ्गता भएका व्यक्तिहरू आफै पनि समस्यामा गुज्रिरहेको अवस्थामा घर, परिवार र समाजले आफ्ना भावना, समस्या र आवश्यकताहरूलाई बुझ्न नसक्दा थप पीडा हुने उनीहरू बताउँछन् । सरकारले अन्य भाषासरह राष्ट्रव्यापी रूपमा साङ्केतिक भाषालाई मान्यता नदिएसम्म आफ्ना बहिरा अपाङ्गहरूको समस्या तथा मागहरू सुनुवाइ हुन नसक्ने उनीहरूले बताए ।

दोभासे नहुँदा, साङ्केतिक भाषाको ज्ञान नहुँदा घर, समाज र समुदायमै समस्या हुने गरेको उनीहरूले बताए । वर्षौदेखि अपाङ्गमैत्री संरचना निर्माण गर्ने भन्दै सरकारले बजेट भाषण गर्दै आए पनि साङ्केतिक भाषाका लागि बजेट विनियोजन गर्न नसकेको भन्दै गुनासोसमेत पोखे । विद्यालय, अस्पताल, स्थानीय निकाय, सरकारी तथा गैरसरकारी संघसंस्थाहरूमा अनिवार्य रूपमा दोभासे र सहज सञ्चारको व्यवस्था राज्यले गर्न जरूरी रहेको बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here