Tuesday, November 28, 2023
Homebreaking-newsआजदेखि खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता

आजदेखि खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता

- Advertisement -spot_img

दाङ, २० माघ ।
दाङको घोराहीमा खुमबहादुर खड्का स्मृति दोस्रो पुरूष भलिबल प्रतियोगिता २०७९ को प्रतियोगिता आजदेखि हुने भएको छ । चार वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिताको यस वर्षको सस्करण आजदेखि सुरू हुने र त्यसको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता आयोजक समितिका संयोजक तथा जिल्ला सहसचिव राजु आचार्यले जानकारी दिए ।

नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा दाङका दशवटै पालिकाको सहभागिता रहेको छ । ‘१० वटा टिम सहभागी छन, सहभागी टिमलाई दुई समूहमा राखेर प्रतियोगिता सञ्चालन गर्न लागेको आचार्यले बताए ।

समूह ‘ए’ मा तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिका रहेका छन् भने समूह ‘बि’मा राप्ती गाउँपालिका, गढवा गाउँपालिका, दंगीशरण गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिका रहेको छ ।

उद्घाटन खेलमा तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकाबीच हुनेछ । समूह चरणको खेल माघ २५ गते सकिने कार्यतालिका रहेको छ । सूमह बिजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनल खेलहरू माघ २६ गते हुनेछ । त्यसपछि फाइनल खेल हुनेछ । सबै प्रतियोगी खेल जिल्ला विकास समन्वय समितिको खेल मैदानमा हुनेछ ।

लुम्बिनी प्रदेशमै सबैभन्दा ठूलो राशि रहेको भलिबल प्रतियोगिताको बिजेताले २ लाख २५ हजार रूपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल जित्ने छ । प्रतियोगिताको उपविजेताले १ लाख १२ हजार पाँच सय र तृतीय पुरस्कार ५६ हजार २ सय ५० र सान्त्वना स्थान प्राप्त गर्ने टिमले १३ हजार ५ रूपैयाँ प्राप्त गर्ने आयोजक समितिका संयोजक राजु आचार्यले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here