- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरमहोत्सवको आयव्यय एक वर्षपछि सार्वजनिक

महोत्सवको आयव्यय एक वर्षपछि सार्वजनिक

- Advertisement -spot_img

दाङ, २० माघ ।
गतवर्ष पुसमा तुलसीपुरमा सञ्चालन भएको महोत्सवको आयव्यय बिहीबार सार्वजनिक गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा गतवर्ष पुस महिनामा सञ्चालन भएको महोत्सवको एक वर्षपछि आयाव्यय सार्वजनिक भएको हो ।

चेम्बरले एकवर्ष पहिले सञ्चालन गरेको महोत्सवको आयव्यय बिहीबार सार्वजनिक गरेको छ । तुलसीपुरमा बिहीबार पत्रकार सम्मेलन गरेर चेम्बरले महोत्सवको आयव्यय सार्वजनिक गरेको हो ।

महोत्सव सञ्चालन गर्दा कुल ४३ लाख ७१ हजार ६ सय ३७ रूपैयाँ आम्दानी भएको र ४७ लाख ६९ हजार रूपैयाँ खर्च भएको आयव्यय चेम्बरले सार्वजनिक गरेको छ । चेम्बरका महासचिव प्रेमप्रकाश गिरीले महोत्सवबाट करिब ४ लाख घाटा भएको बताए ।

उनका अनुसार अझै १६ लाखभन्दा बढी रकम प्राप्त गर्न बाँकी छ । महासचिवका अनुसार महोत्सवमा ३२ लाख ५६ हजार ६ सय ३७ को टिकट बिक्री हुनुका साथै ७ लाख ७ हजार ५ सय रूपैयाँको स्टल बिक्री भएको र ४ लाख ७ हजार ५ सय विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएको थियो ।

त्यसैगरी छापाखानामा ८ लाख ९६ हजार ६ सय १४, आन्तरिक राजस्व ८ लाख १४ हजार ३ सय ८६ रूपैयाँ कर, विद्युत तथा पानीमा १ लाख १२ हजार ६ सय ५०, खाजा नास्ता तथा खाना ६ लाख २९ हजार ८ सय ७४, सरसफाईमा ९ हजार ३ सय ८, इन्धन १ लाख ३२ हजार १ सय ५१, स्टेशनरी तथा विविध ६८ हजार ५ सय १४, पोशाक खरिद ९० हजार, अतिथि सत्कार ४६ हजार ३ सय ५०, सूचना तथा सञ्चार ३ लाख ४८ हजार ५ सय, स्वास्थ्य २४ हजार १ सय ५०, कार्यक्रम खर्च १ लाख ५२ हजार २ सय ७८, विविध १० हजार, यातयात २ लाख १५ हजार ५ सय २५, सुरक्षा ३५ सय, आवास खर्च ९४ हजार ४ सय १० रूपैयाँ, साउण्ड सिस्टमतर्फ ८५ हजार ५०, कलाकार खर्च ४ लाख ५८ हजार ७ सय ४०, अडिट खर्च २५ हजार, व्यवस्थापन खर्च ५२ हजार गरी कुल ४७ लाख ६९ हजार रूपैयाँ खर्च भएको महासचिव गिरीले बताए ।

उनले १६ लाख २५ हजार रकम आउन बाँकी रहेको र १२ लाख २७ हजार ६ सय ३७ हजार रूपैयाँ तिर्न बाँकी रहेको जानकारी दिए । तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here