- Advertisement -spot_img
Monday, March 20, 2023
Homeमुख्य खबरजनताले वैज्ञानिक समाजवाद चाहेका छन्ः भरत सी

जनताले वैज्ञानिक समाजवाद चाहेका छन्ः भरत सी

- Advertisement -spot_img

घोराही, २० माघ ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सी (रणवीर)ले नेपाली जनताले पुरानो सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद चाहेको बताएका छन् ।

नेकपा निकट जनपत्रकार संगठन नेपाल, दाङ शाखाले बिहीबार घोराहीमा गरेका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताले पुरानो दलाल पुँजीवादी सत्ताको खारेजी चाहेको र यो सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी राज्यसत्ता आवश्यक रहेको बताएका हुन् ।

‘जनताले पुरानो दलाल पुँजीवादी सत्ताको खारेजी चाहेका छन् र यो सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी राज्यसत्ता चाहेका छन् । जनताले यो सत्ताको संसदीय चुनाव पनि खारेज गरेका हुन्’ उनले भने, ‘अहिले पनि संसद भवन अगाडि नेपाली युवा व्यवसायीहरुले आत्मदाह गरिरहेका छन् ।

यो भनेको के हो भने संसदीय व्यवस्था पूर्णरुपले फेल भएको छ । जनता यो व्यवस्थाबाट आजित भएका छन् र जनताले आफ्नो भाग्य र भविष्यको फैसला आफै गर्न पाउने वैज्ञानिक समाजवाद चाहेको अब स्पष्ट भएको छ ।’

उनले जनताले आफ्नो हरेक समस्यामा हमेसा आफूसँगै रहने पार्टी चाहेकोसमेत बताए । ‘हाम्रो आफ्नो उत्पादन नै छैन त्यसैले हामी गरिब भएका हौं’, उनले थपे ‘हाम्रो देशमा बहुराष्ट्रिय कम्पनीहरुको बजार मात्रै छ । यहाँ हाम्रो आफ्नो उत्पादन नै छैन । उत्पादन नै नभएपछि समृद्धिको कुरा हावा कुरा मात्रै हुन्छ । हामीले ल्याउने वैज्ञानिक समाजवाद उत्पादनमा टिकेको राज्य व्यवस्था हो ।’

वैज्ञानिक समाजवाद प्राप्तिका लागि आफ्नो पार्टीसँग आफ्नै उत्पादन रहेको समेत उनको भनाइ थियो । जनपत्रकार संगठन नेपाल, दाङका इन्चार्ज हेमन्त प्रकाश ओलीको अध्यक्षतामा भएका कार्यक्रमको सहजीकरण पत्रकार जंग रेउलेले गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here