Friday, January 24, 2025
Homeराशिफल२०७९/१०/१९ गते बिहीबारको राशिफल

२०७९/१०/१९ गते बिहीबारको राशिफल

- Advertisement -spot_img

२०७९/१०/१९ गते बिहीबार
माघ शुक्लपक्ष एकादशी तिथि
आद्धा नक्षत्र
नेपालमा सूर्योदय ६ः५२ सूर्यास्त ५ः४४

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
पुरानो कामले केही समस्या ल्याउन सक्नेछ । पे्रमीप्रेमिका तथा दाम्पत्य जीवनमा असमझदारी बढ्ने छ । कार्यमा चुनौती रहेता पनि सफलता रहने छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
धन आर्जनका स्रोत बढ्ने छन् । अध्ययन क्षेत्रमा सफलता रहने छ । पहिलेका कमीकमजोरीलाई सुधार गर्ने समय छ । बोलीको प्रभाव बढ्ने देखिन्छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
नवीन कार्यको थालनी हुनेछ । आर्थिक लाभयुक्त समय रहने छ । स्वादिष्ट भोजनको योग रहने छ । कमिकमजोरीलाई सुधार गर्ने समय रहेको देखिन्छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
राम्रो आम्दानी हुने कार्यमा लाग्न सकिने छ । यात्राको तय हुन सक्ने छ । जिद्दीपनले कार्यमा बाधा पर्नेछ । धैर्यतापूर्वक कार्यलाई अगाडि बढाउनु ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
प्रयासबाट नै कार्यमा सफलता रहने छ । सरसहयोगमा धन खर्च हुनेछ । परिश्रम अनुसार फल प्राप्त नहुन सक्नेछ । कम आम्दानी बढी खर्च छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आशा देखाउने र सहयोगीबाट धोका रहला । जग्गा, जमिन क्षेत्रमा सामान्य लाभ हुनेछ । आर्थिक लाभ नहुने काममा जिम्मेवारी रहने छ ।

तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
रोकिएका काम सम्पादन हुने छन् । नवीन कार्यमा सफलता मिल्ने छ । प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ । सामाजिक सेवाभाव रहने छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
काममा केही समस्या रहेता पनि मेहनतबाट सफलता रहने छ । सहयोगीको साथबाट कार्यमा सफलता रहने छ । आन्तरिक कुरा खुलासा हुनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
राम्रो पहिरन लगाउने कुरामा ध्यान जानेछ । मनपर्ने भौतिक साधन खरिद गर्ने समय रहेको देखिन्छ । आय बढाउनका लागि कामहरू बढ्ने छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफ्नो कार्यमा अरूले अधिकार लिने प्रयास गर्ने छन् । अनावश्यक आरोप लाग्न सक्ने छ । अनावश्यक खर्च छ । वैदेशिक काममा मन जानेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
मान प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ । दिन उत्साहपूर्ण रहने छ । राम्रो समाचार सुन्न पाइएला । कृषि, पशुपालन क्षेत्रमा लाभ रहने छ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
घरमा बसेर पनि धेरै कार्यहरू सम्पादन हुने छन् । आफन्तसँग भेटघाट हुनेछ । कृषि तथा पशुपालनबाट लाभ छ । रमाइलो वातावरणमा रमाउने दिन छ ।

वास्तु ज्ञान
उत्तर दिशामा पानीको धारो राम्रो मानिन्छ ।
उत्तर दिशामा कुवा, इनार वा पानीको धारो छ भने त्यस घरमा सम्पत्ति निरन्तर बढिरहन्छ । सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ । त्यसैले घरको उत्तर दिशामा पानीको धारो राख्नु राम्रो मानिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here