२०७९/१०/१७ गते मंगलबार
माघ शुक्लपक्ष दशमी तिथी
रोहिणी नक्षत्र
नेपालमा सूर्योदय ६ः५३ सूर्यास्त ५ः४२
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
कार्यमा सफलता रहने छ । प्रयासबाट रोकिएका कामहरू बन्ने छन् । आफन्तको साथ र सहयोग रहने छ । परिश्रमबाट लाभयुक्त समय छ ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
नवीन कार्यमा सफलता रहला । स्वादिष्ट भोजनको आनन्द लिन पाइने छ । पहिलेको कार्य सफलताबाट उत्साह रहने छ । आर्थिक लाभ हुनेछ ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्थिक खर्चको बृद्धि रहला । प्रयासबाट कार्यमा सफलता रहला । आफन्त टाढिने समय रहेको छ । व्यवसायमा लगानी बढाउने समय रहेको देखिन्छ ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आर्थिक लगानीमा बृद्धि रहने छ । परिश्रम बढी कम प्रतिफल रहने छ । मौका प्रशस्त आउने छ । तपाईलाई ईष्र्या गर्नेहरू प्रशस्त रहने देखिन्छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
बोल्दा विचार गरेर बोल्नु होला । सामाजिक कार्यमा समय दिनुपर्ने देखिन्छ । आशा दिनेहरूबाट धोकामय रहेको देखिन्छ । समयलाई ख्याल गर्नुहोला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
विभिन्न समस्या आए पनि तपाईको कार्यशैलीले गर्दा समाधान गर्न सकिन्छ । धेरैले तपाईको प्रशंसा गर्नेछन् । नाम, दाम तथा ईनाम कमाउने बेला छ ।
तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
भविष्यको लागि लगानी लगाउने समय रहेको छ । तपाईका बोली बचनबाट आफन्तसँग साथ र सहयोग लिन सकिने छ । दैनिक कार्य ठिकै छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाई आफ्नो जीवन प्रक्रियामा रूपान्तरण गर्न सक्नु हुनेछ । विभिन्न दैनिक उपभोग्य सामग्री संकलन गर्ने समय छ । घरपरिवारसँग ठिकै छ ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
तपाईको क्षेत्रमा अरूले अधिकार लिने प्रयास गर्ने छन् । अनावश्यक परिश्रममा बृद्धि रहला । आर्थिक क्षेत्रमा सावधानी भएर अगाडि बढ्नु होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
समयलाई चिन्न नसक्दा समस्या रहने देखिन्छ । अरूको काममा समय बढी दिनुपर्ने देखिन्छ । आशा दिनेबाट धोकामय समय रहेको देखिन्छ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
घर परिवार तथा आफन्तसँग आत्मीयता बढ्ने छ । विगतको कमी कमजोरी सुधार गर्ने समय रहेको छ । कृषि क्षेत्रमा लागेकालाई फाइदा रहने छ ।
मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
कार्यमा केही ढिलाइ रहेता पनि प्रयासबाट सफलता रहने छ । सन्चित रकम खर्च गर्ने बेला रहेको देखिन्छ । साथ तथा सहयोग गर्नेबाट धोका रहला ।
वास्तु ज्ञान
घरमा शंख बजाउनु राम्रो मानिन्छ ।
यसको ध्वनीमा शक्ति हुन्छ । जुन ध्वनीले सकारात्मक र नकारात्मक सबै भाव झल्काउँछ । शुभ कार्यको लागि सकारात्मक अशुभ कार्यको लागि नकारात्मक ध्वनीको प्रयोग गरिन्छ । यद्यपि सकारात्मक शंखको ध्वनी नियमित सुन्न पाइएमा मानिसमा उत्साह, आनन्द, शुभ विचार पैदा हुने कुरा अध्ययनले पुष्टि गरेको छ ।