दुख हरण यादव
गढवा, १७ माघ ।
नेपाली कांग्रेस गढवाको प्रथम गाउँपालिका स्तरीय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस गढवाका सभापति किरण पौडेलको सभापतित्व, नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकर प्रसाद डाँगीको प्रमुख आतिथ्य, लुम्बिनी प्रदेश सभा सदस्य लोका विक, जिल्ला उपसभापति कमानसिं भारतीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको छ ।
कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै जिल्ला सभापति शंकर प्रसाद डाँगीले नेपाली काँग्रेस निर्माणमा टोलस्तरबाट सबै लाग्नुपर्ने बताउँदै कांग्रेसको मुख्य शक्ति भनेकै सक्रिय सदस्य निर्माण गर्नु र परिचालन गर्नु रहेकोले शक्तिको पहिचान गर्न आवश्यक रहेको बताए ।
अर्को प्रसंगमा उनले इतिहास बिना कसैको अस्तित्व हुन न सक्ने भएकोले नेपाली कांग्रेसमा अतुलनीय योगदान दिएका नेता स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा एक करोड बराबरको अक्षयकोष खडा गर्नुपर्ने धारणा व्यक्त गरे ।
त्यसैगरी जिल्ला सभापति डाँगीले नेपाली कांग्रेसबाट मैले के पाएभन्दा पनि पार्टीलाई मैले कति योगदान दिए भन्ने कुरालाई जोड दिदै युवा शक्तिलाई सक्रिय हुन अनुरोध गरे । सभापति डाँगीले नेपाली कांग्रेस गढवाको गतिविधि प्रशंसा गर्न लायक भएको बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य लोका विकले नेपाली कांग्रेसलाई सुदृढ बनाउन निषेधको राजनीति त्याग्न सबैलाई अनुरोध गरिन् । निषेधको राजनीतिले कसैलाई माथि पु¥याउन नसक्ने भन्दै उनले कार्यकर्तालाई सबैको विचार समेटेर नेतृत्वले काम गर्नुपर्ने बताइन् । साथै सांसद विकले पार्टीलाई चलाएमान गर्न सबै भातृसंगठन सक्रिय हुनुपर्ने बताइन् ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति कमानसिं भारती, नेका क्षेत्र नं १ का सभापति भेषराज पाण्डे, क्षेत्र नं. १ ‘क’ का सभापति श्रीपत चौधरीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरू अनुप कुमार थापा, अनुराग यादव, हिरालाल चौधरी, गुलाम मोहम्मद, नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगी, बालिका लम्साल, जिल्ला सदस्य विकास विसी, विष्णुमाया बसेल, नेपाली कांग्रेसका नेताहरू नारायण बिसी, सर्वजित डिसी, नेविसंघका जिला सभापति कुलराज पोख्रेल, शकुन्तला डिसी, कृष्णराज पाण्डे, चिन्ताराम यादव, मोहन लाल चौधरी, ओभा पाठक, रेखा थापा, खिमा रिजाल, नेपाली कांग्रेस गढवाका वडा सभापति तथा सक्रिय सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वार्षिक तथा प्रगति प्रतिवेदन सचिव पोषणराज शर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पटवारी यादवले प्रस्तुत गरेका थिए । नेपाली कांग्रेस गढवाका उपसभापति ऋषिराम पुरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव पुरण प्रसाद चौधरीले गरेका थिए ।