- Advertisement -spot_img
Monday, March 20, 2023
Homebreaking-newsदुई आर्थिक वर्षदेखि भएन लेखा परिक्षण

दुई आर्थिक वर्षदेखि भएन लेखा परिक्षण

- Advertisement -spot_img


तुलसीपुर खानेपानीमा लेखा परिक्षणमा समस्या


जीतसागर जी.एम.
तुलसीपुर, १६ माघ ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा तीन वर्ष अघिदेखि लेखा परिक्षण हुन सकेको छैन् । अघिल्लो कार्यसमितिकै पालामा भएको साधारण सभाले आर्थिक वर्ष ०७७/०७८ को लेखा परिक्षण अनुमोदन नगरेपछि पछिल्लो कार्यसमितिलाई पनि लेखा परिक्षण गराउन समस्या भएको छ ।

खानेपानी संस्थामा निवर्तमान कार्यसमितिले गरेको खर्चको पारदर्शिता नभएको भन्दै अख्तियारसम्म मुद्दा पुगे पनि कार्यालयबाट नै हुनुपर्ने लेखा परिक्षणको काम अन्यौलमै रहिरहेको छ । साधारण सभाले लेखा परिक्षणको अनुमोदन नगरेकाले अहिलेको कार्यसमितिले दुई आर्थिक वर्षदेखिको लेखा परिक्षण गराउन सकेको छैन् ।

लेखा परिक्षणको काम नहुँदा थुप्रै काम प्रभावित भएका छन् । साधारण सभासमेत हुन नसकेको समितिले जनाएको छ । खानेपानी संस्थामा निवर्तमान समितिले तुलसीपुर–१२ कचिला खानेपानीको जग्गा खरिद गरेको थियो । तर जग्गा खरिद गर्नका लागि गरिएका कुनै पनि दस्तावेज अहिलेसम्म फेला परेको छैन् ।

नयाँ समितिले अहिलेसम्म निवर्तमान समितिले गरेका सक्कली डकुमेन्ट (निर्णय पुस्तिका) प्राप्त गर्न नसकेपछि चालु वर्षमा पनि लेखा परिक्षण रोकिएको समितिका पदाधिकारीहरूले बताए ।

सार्वजनिक खरिद नियमावली अनुसार जग्गा खरिद भए/नभएको वा समितिले निर्णय गरेका कागजहरू फेला पार्न नसकिएको कोषाध्यक्ष भोला थापाले बताए । ‘जग्गा खरिद भएको वास्तविक हो तर नियमानुसार छ कि छैन् भन्ने कुनै प्रमाण हामीसँग छैन्’ उनले भने– ‘कार्यसमितिले गरेको निर्णयसमेत प्राप्त गर्न सकेका छैनौँ ।’

निवर्तमान समितिलाई जग्गा खरिदका लागि गरेका निर्णय तथा आवश्यक कागजात बुझाउन धेरै पटक आग्रह गरेपनि कुनै सुनुवाई नगरेको उनले बताए । नियमानुसार जग्गा खरिद भए/नभएको जानकारीका लागि कागजात मागेपनि निवर्तमान समितिले वेवास्ता गर्ने गरेको उनले बताए ।

‘कागजात धेरै पटक मागियो, तर एकले अर्कोलाई सिकाउने र आरोप–प्रत्यारोपमै निवर्तमान पदाधिकारी उत्रिने गरेका छन्’ उनले भने–‘निवर्तमान समितिको यस्तो किसिमको गतिविधिले झनै शंका उत्पन्न गराएको छ ।’

खानेपानी संस्थामा आर्थिक वर्ष ०७७/०७८ मा लेखा परिक्षण रिपोर्ट साधारण सभाले अनुमोदन गर्न सकेन । संस्थामा आर्थिक अनियमिता भएको आशंकामा साधारण सभाले लेखा परिक्षणको रिपोर्ट अनुमोदन गर्न नसकेपछि अहिलेको समेत लेखा परिक्षण प्रभावित भएको हो ।

कोषाध्यक्ष थापाका अनुसार दुई वर्ष अघिदेखिको लेखा परिक्षण भएको छैन् । चालु आर्थिक वर्ष ०७९/०८० मा लेखा परिक्षण गरेर अधिवेशन गर्नुपर्ने भएपनि अहिलेसम्म लेखा परिक्षणमै समस्या भएको छ । लेखा परिक्षण क्रममा स्टोरको सामानको मूल्यसहित विवरण आवश्यक भएपनि स्टोरले आवश्यक विवरण दिन पनि सकेको छैन् ।

विवरण दिन नसकेपछि खानेपानी संस्थाको लेखा परिक्षणको काम अघि बढ्न सकेको छैन् । लेखा परिक्षण रिपोर्ट नभएकै तीन वर्ष पूरा हुन लागेको छ । लेखा परिक्षण समयमै नहुँदा साधारण सभा, अधिवेशनसमेत प्रभावित भएको कोषाध्यक्ष थापाले बताए ।

‘अडिटले पहिलेको रिपोर्ट अनुमोदन नभएर अरू पछिको वर्षको छुट्टै गर्न मिल्दैन भनेका छन्’ उनले भने–‘स्टोरले अहिलेसम्म कुनै पनि स्टोरको रेकर्ड दिएको छैन्, रेकर्ड माग्दा हिजोका दिनमा यसरी नै चलेको थियो अहिले म कसरी रेकर्ड दिन सक्छु भन्ने गैर जिम्मेवार जवाफ आएको छ ।’

बितेका वर्षको संस्थामा खरिद भएको सम्पत्तिको विवरण तथा गतिविधिको जिम्मेवारी लिन नसक्ने उनले बताएका छन् । ‘हिजो के– के भयो साधारण सभाले अनुमोदन नगरेको कुराको जिम्मेवारी अहिले लिन सक्दिन’ उनले भने– ‘मैले जिम्मेवारी लिएर उपभोक्ताले त अनुमोदन गर्दैनन् नि !’

खानेपानी संस्थामा विगत तीन वर्षदेखि लेखा परिक्षण नहुँदा धेरै काम प्रभावित भएका छन् । लेखा परिक्षणको काम रोकिदा खानेपानी संस्थाले स्थायी लेखा नम्बरसमेत लिन सकेको छैन् । लेखा नम्बर नहुँदा संस्थामा समान खरिद गर्न पनि समस्या हुने गरेको छ ।

‘संस्थाले खरिद गरेका सामानको व्यवसायीबाट कर कट्टी गरेर सरकारलाई बुझाउनुपर्छ, त्यसका लागि कम्तीमा पनि प्यान नम्बर हुनुपर्छ’ उनले भने– ‘संस्थाले प्यान नम्बर नपाउँदा व्यवसायीलाई नै समस्या भएको छ ।’ संस्थाको लेखा नम्बर नहुँदा बैंकमा रकम जम्मा गर्न पनि समस्या भएको छ ।

चल्ती खातामा नगद जम्मा गर्दा संस्थालाई मासिक ब्याजदरमा समेत नोक्सान भएको छ । संस्थाका अध्यक्ष यमकान्त भण्डारीले अघिल्लो कार्यसमितिकै समयमा अनुमोदन हुन नसकेकोले लेखा परिक्षणकै कारण अहिलेको कार्यसमितिलाई लेखा परिक्षण गराउन समस्या भएको बताए ।

‘आर्थिक वर्ष ०७७/०७८ को लेखा परिक्षण पास हुन सकेको छैन् ।’ उनले भने– ‘अगाडिदेखि पास नभएकाले हाम्रो नयाँ समिति आईसकेपछि लेखा परिक्षण नभएको हो ।’

उनले आगामी फागुनमा साधारणसभा गरेर उपभोक्तालाई प्रष्ट बनाउने योजनामा रहेको बताए । ‘हामीसँग सक्कली कागजात नभए पनि फोटोकपी कागजात त छन्’ उनले भने– ‘त्यसैलाई देखाएर भएपनि साधारण सभा बोलाउने तयारी गर्दैछौँ ।’ यसअघिको कार्यसमितिले सक्कली कागजात नदिएका कारण लेखा परिक्षणको काम रोकिएको हो ।

‘अहिलेको कोषाध्यक्षले सक्कली कागजात नहुँदासम्म साधारण सभामा जान नसकिने अडान लिनुभएको छ’ उनले भने । ‘कोषाध्यक्षको कुरा ठिकै पनि हो किनभने फोटोकपी त जसले पनि बनाउन सक्छ, सक्कली डकुमेन्ट नहुँदासम्म जिम्मेवारी लिन सकिदैन भन्नुभएको छ उहाँले ।’ उनले भने–‘उहाँले भनेको कुरा नराम्रो होइन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here