Tuesday, April 16, 2024
Homeविचारसहिदको सम्मान गर

सहिदको सम्मान गर

- Advertisement -spot_img

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए ।
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।
कवि भूपी शेरचनले लेखेको कविता जस्तै देशमा हुने आमूल परिवर्तनका लागि सपूतहरूको भूमिका अतुलनीय रहन्छ । हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पणसहित मान्छेले आफ्नो दैनिकी सुरू गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक कालखण्डमा वीर सपूतहरूको बलिदान छ । आज तिनै सपूतहरूको सम्झना र सम्मानको दिवस हो । नेपालमा प्रजातन्त्र ल्याउनलाई आफ्नो ज्यानको समेत आहुती दिने चार सहिदको सम्झनामा माघ १६ मा सहिद दिवस मनाइदै आएको छ ।

राज्यले कहिले सहिदको सम्मान गर्दछ भने कहिले अपनाम गर्दै आएको छ । यद्यपि परिवर्तनको श्रेय चार वीर सहिद नै हुन् । यो वर्ष राज्यले सहिद सप्ताहसमेत मनाएको देखिएन । सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई सहिद सप्ताहका रूपमा मनाइदै आइएको थियो । यो वर्ष त्यो नहुँदा राज्यले सहिदप्रति बेवास्ता गरेको भन्ने देखाउँछ ।

स्वतन्त्रता, समानता अनि सार्वभौमिकताका लागि सहिदहरूले दिएका बलिदानको उपलब्ध अहिले उपभोग भइरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोषमा उल्लेख भए अनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जंग बहादुर राणाविरूद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम सम्वत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रूखमा झुण्ड्याएर मारिएको थियो ।

थापा तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए । सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो । विक्रम सम्वत् १९९७ साल मा । परिवर्तन ल्याउनका लागि अनि भावी पुस्ता र देशको आयाम बदल्नका लागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात–अज्ञात सम्पूर्ण सहिदहरूमा अहिले सम्मानको खाँचो छ । त्यो सम्मान राज्यले दिन सक्नुपर्छ ।

सहिदको बलिदानीबाट आएकोे स्वतन्त्रता यसैमार्फत प्राप्त लोकतान्त्रिक संघीयताको आधारमा नयाँ नेपाल निर्माणमा सबैजना उत्तिकै जिम्मेवार छौं । नेपाली राजनैतिक पृष्ठपोषकहरूले झिनामसिना घटनाक्रम अनि राजनैतिक स्वार्थअनुरूप सहिदहरू तोक्ने अनि खुद्रा रूपमै सहिदहरूको फेरिहिस्त तैयार गरिनिुले सहिदको ओजन घटेको छ । हिमाल, पहाड अनि तराई सबैतिर सहिदको रगतको रङहरू माटामा मिसिएका छन्, नेपाली आकाशमा उनीहरूको सपना छ, अनि नेपाली प्रजातन्त्रिक अभ्यासमा सहिदहरूको निस्वार्थ बलिदान अतुलनीय छ । तसर्थ पनि सहिदको सम्मान सबै तहबाट हुनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here