दाङ, १५ माघ ।
अभिनेता अर्जुन श्रेष्ठले नेपाली चलचित्रको बजार फराकिलो बन्न नसकेको बताएका छन् । दर्शकको रोजाईमा विदेशी चलचित्र पर्दा नेपाली चलचित्रको बजार फराकिलो बन्न नसकेको उनको भनाइ छ ।
अभिनेता श्रेष्ठले नेपाली चलचित्र सानो लगानीमा पनि राम्रो निर्माण भएपनि दर्शकको रोजाईमा विदेशी चलचित्र पर्ने गरेको गुनासो गरे । चलचित्र पत्रकार संघ दाङ शाखाले शनिबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा अभिनेता श्रेष्ठले दाङमा छिट्टै आधुनिक प्रविधियुक्त सिनेमा हल निर्माण गर्ने समेत बताए । हल सञ्चालकसमेत रहेका श्रेष्ठले तुलसीपुरको विष्णु चलचित्र मन्दिरलाई आधुनिक र प्रविधियुक्त बनाउने बताए ।
श्रेष्ठले सातवटै प्रदेशमा चलचित्र छायांकन स्थल निर्माण गर्ने चलचित्र विकास बोर्डको नीति रहेको बताउँदै दाङ पनि छायांकनको लागि उपयुक्त स्थल रहेको बताए । चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष धु्रवराज न्यौपानेको स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष पूर्ण केसीले धन्यवाद तथा सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन ।