Monday, May 20, 2024
Homeराशिफलआज माघ १५ गते आइतबार राशिफल

आज माघ १५ गते आइतबार राशिफल

- Advertisement -spot_img

२०७९/१०/१५ गते आइतबार
माघ शुक्लपक्ष अष्टमी तिथि भरणी नक्षत्र
नेपालमा सूर्योदय ६ः५४ सूर्यास्त ५ः४०

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
स्वादिष्ट भोजनको योग रहने छ । पेटमा हल्का समस्या आउन सक्नेछ । रचनात्मक कार्यमा अगाडि बढ्ने समय छ । केही वस्तु प्राप्त गर्ने समय छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
समयलाई व्यवस्थापन गर्न नसक्दा समस्या हुनेछ । छरछिमेकमा केही असमझदारी बढ्ने समय रहेको छ । आर्थिक लगानी लगाउने समय देखिन्छ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
कर्मशील समय रहने छ । धन खर्चमा वृद्धि पनि हुनेछ । परिश्रम अनुसार कम प्रतिफल रहने छ । कृषि, पशुपालन, व्यवसायमा फाइदा रहने छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
अध्ययन क्षेत्रमा समय दिन नसकिएला । भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ रहने छ । तपाईको मेहनत तथा दौडधुपबाट कार्यमा सफलता रहने छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
तपाईको काममा धेरैले साथ दिने छन् । सहयोगीहरूले काममा साथ दिने छन् । नाम, दाम कमाउने समय छ । टाढाका आफन्तसँग भेटघाट हुनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्तबाट धोका रहने छ । नयाँ काममा सुरूवात नगर्दा राम्रो होला । उपलब्धि कमै रहने छ । सोचे अनुसार प्रतिफल नरहन सक्नेछ ।

तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
सवारी साधन प्रयोग गर्दा सावधानी रहनु होला । व्यवसायमा सोचे अनुसार फाइदा नरहन सक्ने छ । आर्थिक लेनदेनमा समस्या रहने छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
अनावश्यक आरोप लाग्ने छ । यात्रामा समस्या आउला । अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । तपाईको काममा अरूले हस्तक्षेप गर्न सक्ने छन् ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
शैक्षिक क्षेत्रमा सफलता रहनेछ । बौद्धिक क्षेत्रमा सफलता रहने छ । सन्तानबाट साथ सहयोग रहने छ । व्यवसायमा कम मात्रा प्रतिफल रहने छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
भूमि तथा पैतृक धनबाट सफलता रहने छ । नयाँ काममा मन जानेछ । कृषिबाट सफलता रहने छ । परिवार तथा आफन्तसँग आत्मीयता रहने छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
समयअनुसार अगाडि बढ्दा सफलता रहने छ । पुरानो कामको समस्याले अप्ठरो हुनेछ । दाम्पत्य जीवनमा समस्या छ । सामाजिक कार्यमा सन्तुष्टि हुँदैन ।

मीन (दी, दू, थ, ज, ञ, दे, दो, चा, ची)
आर्थिक लाभ रहने छ । रोकिएका कामहरू बन्ने छन् । शैक्षिक क्षेत्रमा सफलता रहने छ । तपाईको विचारले अरूलाई आकर्षण गर्ने समय रहने छ ।


वास्तु ज्ञान

मुल ढोका पश्चिम अशुभ रहने छ ।
पश्चिम दिशाको अधिपति ग्रह शनि हो । यस दिशामा मुलद्वार भएको घरमा शनिको प्रभाव रहन्छ । शनि मन्दगतिको भएकोले यस्तो भवनमा बस्ने मानिस विचारशील, धैर्यवान धेरै लामो समयसम्मको चिन्तन गरेर कार्य गर्ने स्वभावको हुन्छ । धेरै साथी वनाउने स्वभाव रहन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here