- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsथाइल्यान्डको अम्बाले भरिएका फलफूल पसल

थाइल्यान्डको अम्बाले भरिएका फलफूल पसल

- Advertisement -spot_img

हेमराज परिवर्तन
दाङ, ५ माघ ।
केही समय पहिले दाङका बजारमा छिटपुट रूपमा देखिने ठूलो प्रजातिको अम्बा यस वर्ष हरेक फलफूल पसलमा छ । यसलाई व्यापारीले बैंलोरको अम्बा भन्ने गरेका छन् । यो अम्बा मारवाडी समुदायले रूचाएपछि नेपाली व्यापारीले पोहोरसम्म थाइल्यान्डबाट भित्र्याउने गरेका थिए ।

तर अहिले भारतमै यसको व्यावसायिक उत्पादन हुन थालेपछि व्यापारीले त्यहीँबाट आयात गरेका हुन् । जिल्लाका घोराही, तुलसीपुर, लमहीलगायतका बजारमा समेत भारतीय अम्बा बिक्री वितरण भइरहेको छ । ‘पहिले कम आउँथ्यो अहिले आयात बढेको छ ।

यहाँ फल्ने सानो अम्बाभन्दा भारतीय अम्बा ग्राहकले मन पराउँछन्, स्थानीय व्यापारी गीता मगर भन्छिन्, अब हामी व्यापारीले जो बढी ग्राहकले किन्छन् त्यही वस्तु बेच्न राख्ने त होनी ? खानालाई स्थानीयस्तरमा फल्ने अम्बाभन्दा स्वादिलो कम भएपनि व्यापार राम्रै भएको छ ।’

बजारमा भारतीय अम्बा औसत १ सयदेखि २ सय रूपैयाँ किलोसम्ममा बिक्री भइरहेको छ । उपभोक्ताले भारतीय अम्बा खोज्न थालेपछि यसको माग बढेको फलफूल बिक्रेता बताउँछन् । नेपालमा यसको सिजन नभएकाले अहिले भारतबाट ल्याएर बिक्री गर्ने गरेको उनीहरूको भनाइ छ ।

‘अम्बा खरिद गर्ने उपभोक्ता धेरै छन्’ फलफूल व्यापारी इन्दिरा चौधरीले भनिन्, ‘हेर्दा आकर्षक र नेपाली उत्पादनभन्दा ठूलो भएकाले धेरै बिक्री हुन्छ । अझै व्यापार बढ्ने आशमा छु ।’ उनले दैनिक ७ देखि १० हजारसम्म बिक्री गर्ने गरेकी छन् । पसलमा मात्र हैन अम्बा ठेलामा राखेर ग्राहकका घर–घरसम्म पु¥याउने गरेको उनले बताइन् ।

बजारमा नेपालीभन्दा भारतीय अम्बा महँगोमा भए पनि उपभोक्ताले किन्ने गर्छन् । यस किसिमको अम्बाको उत्पादन नेपालमा पनि हुन थालेको छ । तर व्यावसायिक उत्पादन भने छैन ।

अन्य फलफुल पनि आयात
अम्बा मात्रै होइन, नेपालमै प्रशस्त उत्पादन हुने जुनारसमेत भारत र तेस्रो मुलुकबाट आयात हुन्छ । त्यस्तै आँप, किबी, खरबुजालगायत फलफूल पनि विदेशबाट आयात हुने गरेको छ । जबकी यस्ता फलफूल नेपालमै उत्पादन हुन्छन् । नेपाली बजारमा अहिले विदेशी फलफूल छ्याप–छ्याप्ती पाइन्छन् ।

यस्ता फलफूलको आयातले नेपाली उत्पादनको माग मात्रै घटेको छैन, रैथाने जातका फलफूलको बजारै संकटमा पर्ने अवस्था देखिएको छ । सामान्य किसानले उत्पादन गरेका उत्पादन बजारसम्म ल्याएर राज्यले बिक्रीमा सहजीकरण गरिदिने हो भने स्वदेशी उत्पादन बढाउन मद्दत पुग्ने व्यवसायीको धारणा छ ।

प्रायः फलफूल पहाडि क्षेत्रमा उत्पादन हुने र ढुवानीको समस्याले स्थानीय उत्पादन गाउँमै कुहिन्छन् । ती उत्पादनले बजारको पहुँच प्राप्त गर्नसके आयात प्रतिस्थापनमा टेवा पुग्ने फलफूल व्यवसाय समिति घोराही दाङका पूर्वअध्यक्ष भगत विकको भनाइ छ ।

पछिल्लो समय नेपालमा फलफूलको परनिर्भरता थप बढ्दै गएको छ । फलफूल खेतीमा नगन्य लगानी र उत्पादनको उचित व्यवस्थापन हुन नसक्दा स्थानीय उत्पादनले थप संकट झेल्नुपर्ने अवस्था आएको उनले बताए ।

रैथाने प्रजातिलाई लोप हुन नदिन र बाह्य फलफूलको आयात रोक्न जैविक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि काटाहिन प्रोटोकोल भएपनि नेपालले त्यसको सदुपयोग गरेको छैन ।

गत आर्थिक वर्षमा १७ अर्ब ४६ करोड २२ लाख रूपैयाँ बराबारका फलफूल विश्वका विभिन्न देशबाट नेपाल भित्रिएकोमा यस वर्ष मंसिरसम्म ५ अर्ब ३२ करोड २७ लाख रूपैयाँको फलफूल नेपाल भित्रिएको छ ।

विरूवा तथा बिरूवाजन्य वस्तु विदेशबाट नेपाल भित्र्याउँदा स्वस्थताको प्रमाणापत्र दिने गरिएको पनि यी वस्तु खानयोग्य छन् कि छैनन् भनेर कुनै निकायले हेर्दैन । बजारमा पाइने यस्ता वस्तुको गुणस्तरमा सम्बन्धित निकायले ध्यान दिर्नैपर्छ ।

अम्बाले स्वास्थ्यमा दिने फाइदा
अम्बामा चिसोपना हुने भएकोले यसको सेवन गर्दा हामीलाई शितलता महसुस हुन्छ । पेटसम्बन्धी रोगहरूका लागि अम्बाको सेवन अति उपयोगी हुन्छ । अम्बा भिटामिन सीले परिपूर्ण हुन्छ । यसले मेटापोलिज्मलाई राम्रो बनाउने भएकोले शरीरमा कोलेस्ट्रोलको स्तर नियन्त्रित हुन्छ ।

त्यसमा समावेश भएको लाइकोपीन नामक फाइटो न्यूट्रीएन्टले क्यान्सर र ट्यूमरको खतराबाट पनि बचाउँछ । त्यसमा पाइने भीटा केरोटीनले छालासम्बन्धी समस्याहरूलाई हटाउँछ । अम्बामा पर्याप्त मात्रामा फाइबर हुन्छ, जुन डायबिटीजको रोगीका लागि फाइदाजनक हुन्छ ।

थाइराइड कम गर्नका लागि पनि चिकित्सकले अम्बाको सेवन गर्न सल्लाह दिन्छन् । अम्बामा समावेश भएको पोटासियम र म्याग्नेसियम मांसपेशीहरू र मुटुलाई बलियो बनाउन र यिनीहरूसँग सम्बन्धित धेरै रोगहरूबाट बचाउन पनि सहयोग पु¥याउँछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here