- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeविचारबाघ आउँदा घरभित्र, भूकम्प आउँदा घर बाहिर

बाघ आउँदा घरभित्र, भूकम्प आउँदा घर बाहिर

- Advertisement -spot_img


भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार ।
आम जनमानसमा भूकम्प आउदा घर बाहिर निस्कर्नु पर्छ भन्ने धारणा बनि सकेको छ । भूकम्पको पराकम्पनहरू बेला बखतमा आएर हामीलाई झस्काई रहेका छन । पहिलो त हामीले बनाएको घरप्रति नै विश्वास नभएर हामीले घर बाहिर जानुपर्ने अवस्था छ, भने अर्कोतर्फ कुनबेला कति रेक्टरको भूकम्प कहाँ केन्द्र विन्दु बनाएर आउँछ भन्ने पूर्वानुमान नै छैन ।

यस वर्षको नारा नै बढी पूर्वाधार वा निर्माण केन्द्रित रहेको छ । सरल भाषामा भन्दा भूकम्प प्राकृतिक प्रकोप हो । जमिन हल्लिनु, थर्कनु, कम्पन्न आउनु भूकम्प हो । भूकम्पले के कस्तो असर गर्दछ भन्ने विषयमा हामी सबै जानकार छौ तर मानकार छैनौ वा हामीले जानेका छौ मानेका छैनौं । बलियो घर बनाउनु पर्छ थाहा छ तर बिना नक्सा घर बनाउन हामी आपैm अघि सर्छौ ।

पूर्व तयारी गर्नु पर्छ थाहा छ तर आवश्यक परेको बेला एम्बुलेन्सको नम्बर पाइदैन । प्रकोप भनेको हाम्रो वरिपरि रहेको त्यस्ता डरलाग्दा परिघटना, तत्व, मानव क्रियाकलाप वा परिस्थिति जसले जनधनको नोक्सानी, घाइते हुने सम्भावना वा अन्य स्वास्थ्यसम्बन्धी असरहरू, जीविकोपार्जन तथा सेवाहरूमा हानी र व्यवधान, सामाजिक तथा आर्थिक गतिरोध वा वातावरणीय ह्राससमेत निम्त्याउँछ । वा कुनै घटना निम्ताउन सक्ने प्रबलता हो ।

जोखिम हुन सक्ने खतरा हो । प्रभावित समाज वा समुदायले आफ्नै स्रोत साधन र सामथ्र्यको प्रयोग गरी धान्न नसक्ने गरी भएको त्यस्तो व्यापक मानवीय, भौतिक, आर्थिक वा वातावरणीय क्षति एवं असरहरू जसका कारण समुदायको सामान्य जीवन पद्धति गम्भीर रूपमा अवरूद्ध हुन पुग्नु नै विपद्को अवस्थाको हो अथवा के भन्न सकिन्छ भने क्षति तथा असर नै विपद् हो ।

प्रकोपको प्रकार, कारणहरू र असरहरू मुख्य प्रकोपको अधिनभित्र नै रहन्छ । आगो, पानी दैनिक आवश्यक वस्तुहरू हुन तर यसले कुनबेला विपद्को रूप लिन्छ, कत्रो आकारमा वा कसरी फैलन्छ, कति समुदाय वा व्यक्तिलाई, धनजनलाई क्षति पु¥याउँछ सोही अनुसार विपद्लाई लिने गरिन्छ । हाम्रोजस्तो भूगोल र सामाजिक परिवेशमा विपद् व्यवस्थापनका कार्यहरूमा धेरै चुनौतीहरू रहेका छन् । अझैसम्म विपद् ऐन नबनेका स्थानीय तहहरू पनि छन् ।

संविधानले स्थानीय सरकार सञ्चालन ऐनले विपद्, वातावरणसम्बन्धी सबै अधिकार स्थानीय तहलाई दिएको छ, तर के अधिकार प्राप्त भएको हो कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा अन्यौल नै देखिन्छ । समयसँगै विस्तारै सबै कुराहरू परिमार्जन हँुदै जान्छन् । हरेक स्थानीय तहमा स्थानीय आपत्कालिन कार्य सञ्चालन केन्द्र स्थापना गरी यसलाई कार्यान्वयनमा ल्याई विपद् व्यवस्थापनका कार्यहरूको थालनी गर्न आवश्यक छ । यस्ता कार्यहरूलाई प्राथमिकीकरण गरेर विकासको मूल प्रवाहिकरणतर्फ लैजानु आजको आवश्यकता पनि हो ।

बर्सेनि धेरै नयाँ भवनहरू बन्छन्, एक गाउँमा एक व्यक्तिले आफ्नो निजी जग्गा वा खरिद गरेको जग्गामा घर बनाउँछ, त्यसको अभिलेख कहाँ हुन्छ वा आवश्यक पर्दैन । न्यून रूपमा ऋण प्रयोजनका लागि निर्माण गरिएका र खरिद प्रयोजनका लागि निर्माण गरिएका घरहरूको नक्सासम्म पाइन थालेको छ भने अन्य आफूखुसी निर्माण गरेका घर, टहराहरूको कुनै लेखाजोखा नै छैन होला सायद ।

तर आगलागी, भूकम्प, बाढीजस्ता प्रकोपपश्चात् क्षति हुन सक्ने ति संरचनाहरूको क्षतिपूर्ति वा मूल्य सरकारले नै बेहोर्नुपर्छ । यसकारण बर्सेनि ठूलो मात्राको रकम विपद्पश्चात् सरकारले बेहोर्नुपर्ने अवस्था छ भने प्रभावित परिवार पनि आर्थिक संकटबाट जकडिएको हुन्छ । एकतर्फ प्रभावित परिवारलाई पुनस्र्थापना तथा पुनर्निर्माण कार्य गर्न धेरै समय, आर्थिक श्रोत तथा जनशक्तिको खाँचो पर्दछ भने अर्कोतर्फ राज्यको ध्यान नै सोही कार्यमा केन्द्रित गर्नुपर्ने हुन्छ ।

विपद् जोखिम न्यूनीकरणको अवधारणा भनेको नै क्षमता अभिवृद्धि गर्नु हो । तर कसको क्षमता, कति क्षमता र ति क्षमताका तत्वहरू पहिचान गर्नु अर्को कठिन कार्य हो । यसका लागि समावेशीताका अवधारणाहरूलाई अबलम्न गर्नुपर्दछ । समावेशीताको अवधारणा हाल बढ्दो क्रममा रहेको छ, जुनसुकै विषय विकासका आयमहरू किन नहुन् ? सामाजिक रूपान्तरणका क्षेत्रहरू वा सवालमा सबैको सहभागिता अपरिहार्य छ । विपद् व्यवस्थापनका क्षेत्रमा भने अझ समावेशीताको महत्व बढी रहन्छ ।

विपद् व्यवस्थापन चक्रलाई केलाउन हो भने, विपद् पूर्व, विपद्को समयमा र विपद् पश्चात्का चरणहरूमा समावेशी सहभागिता र भूमिका अनिवार्य सर्त हो । सबै व्यक्ति सक्षम हुन्छन् मात्र फरक क्षेत्र वा कार्य किन नहोस् । पूर्व तयारीका कार्यहरू, भूकम्पपश्चात् प्रभावित परिवारले आफ्नो परिवारको मुली, सदस्य वा आयआर्जन गर्ने व्यक्ति गुमाएको हुन्छ । आवास निर्माण, स्वच्छ खानेपानीको प्रबन्ध, स्वास्थ्य, सरसफाई शिक्षालगायतका सवालहरूमा सबैको समन्वय र सहकार्य रहन्छ ।

कुनै एक संस्था वा निकायले सबै वियषलाई समेट्न कठिन हुन जान्छ । यसै विषयलाई मध्यनजर गरी हरेक स्थानीय तहहरूमा विभिन्न विषयगत शाखाहरू स्थापना भई कार्यहरू गरिदै आएको छ । हामी सबैले सधै गरेको कार्य नै विपद् व्यवस्थापनको कार्य हो वा हुने गर्दछ, विपद् व्यवस्थापन भन्ने वित्तिकै यो कठिन कार्य हो, यसमा धेरै चुनौतीहरू छन् भन्ने बुझाई रहेको पाईन्छ ।

तर विपद् व्यवस्थापन एक सामूहिक कार्य हो, सामूहिक प्रयास हो । एउटा समुदायलाई उत्थानशील समुदाय बनाउन पक्कै पनि एउटै क्षेत्रले पूर्ण हुँदैन । विभिन्न नौवटा सूचकहरूको आधारमा रहि हामी सबैले कार्यको थालनि गर्ने हो भने हाम्रो समुदाय उत्थानशील अवश्य हुन्छ । धेरैजसो सूचकहरू त सुरूवात भई सकेको अवस्था छ । विपद् व्यवस्थापन समिति गठन, योजना निर्माण, बजेट विनियोजनजस्ता कार्यहरू भएका छन् ।

विपद् व्यवस्थापन कार्य पूर्णरूपले कार्यान्वयन नहुँदा उत्थानशील समुदायहरू निर्माण हुन सक्दैनन् । आगलागी, बाढी, पहिरोजस्ता प्रकोपहरूसँग त हामी हरेक वर्ष सामना गरेर नै बसेका छौं । प्रभावित परिवार, वा समुदायलाई पहिलो सहयोग गर्ने स्थानीय समुदाय नै हो भन्दै गर्दा के छ त्यो स्थानीय समुदायको क्षमता, के अपुग छ ? कसरी र कस्ले पचिालन गर्ने हो ? सहयोग कसरी गर्ने ? कति गर्ने ? त्यसको लेखाजोखा गर्न भने हामी पछि परेका छौं ।

यस्ता प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्न सबैभन्दा पहिला स्थानीय सरकारसँग ऐन, कानुन, नीतिनियम आवश्यक पर्छ । योजना, कार्यविधि आवश्यक पर्छ । अनि क्रमशः हरेक वर्षका भोगाई, सिकाइहरूबाट नै एक विशिष्टिकृत योजना तयार हुने हो र यसको प्रभावकारी कार्यान्वयन गर्न सबै सरोकारवाला निकायहरूको अर्थपूर्ण सहभागिता अनिवार्य हुन्छ ।

क्षति भई सकेपछि क्षतिपूर्तिका लागि धेरै बाधाहरू आई पर्छन् तर सामान्य घर वा सम्पत्तिको बिमा गर्ने विषय गौण हुन्छ । पशुको घरको, बालीनालीको बिमा गर्नुपर्छ भनेर वहस, छलफल गर्दा आज पनि अनौठो र नौलो विषय हुने गर्दछ । धेरैजसो संकटासन्न समुदायमा तर जोखिमको हिस्सेदारी, बिमा, सामाजिक सुरक्षामार्फत पनि उत्थानशील समुदाय निर्माणतर्फ अघि बढ्न सकिन्छ भन्ने छलफल हरेक स्थानीय तहमा लिखित रूपमा भए निश्चय नै हामीले विपद्बाट ठूलो क्षति बेहर्नु नपर्ला ।

कुनै एक स्थानीय तहसँग वनजंगल छ, नदीजन्य सामग्रीहरू छन्, खुल्ला स्थानहरू छन्, विभिन्न जनशक्तिहरू छन्, आर्थिक श्रोत छ, नीतिनियम छ, यस्ता विषयहरू नै हुन क्षमता भनेको, संचेतना भनेको, पूर्वसूचना प्रणाली भनेको यि सारा विषय नयाँ त होइनन् तर प्राथमिकतामा नपरेका र अभिलेख नभएका मात्र हुन् ।

कतिवटा घरमा खरको छाना छन् ? कतिवटा घर नदीको किनारमा छन्, कति घर पहिरोको जोखिममा छन् ? भन्ने सामान्य आँकडा पनि हाम्रा स्थानीयस्तरमा हुनुपर्ने कार्यालयहरूमा नभेटिन पनि सक्छन् । यो कसै एक व्यक्ति वा कार्यालयको कमजोरी भने निश्चय होइन । तर महत्वपूर्ण विषय भने हो ।

एक विद्यालयमा कुराकानीको सिलसिलामा विद्यार्थीहरूलाई दैनिक विद्यालय आवतजावत गर्दा बाघको डर लाग्ने गरेको र गाउँ समुदायमा जंगली जनावर, हात्ती, बाघ, चितुवा, भालु, बदेँलबाट जोगिन घरभित्र जानुपर्छ र भूकम्पबाट जोगिन घर बाहिर सुरक्षित स्थानमा जानुपर्छ भन्ने सचेतना विद्यालय तथा समुदायमा पु¥याउनु पर्दछ । विपद्को किसिम, आकार र परिस्थितिले हामी जहाँ सुरक्षित महसुस गर्छौ त्यहाँ बस्नुपर्दछ ।

आज पनि धेरैजसो बसोबास गर्ने घरहरू, पठनपाठन गर्ने विद्यालय, कार्यालय, सार्वजनिक भवन, निजी भवनहरू सुरक्षित छैनन् । कतै नदी तटीय क्षेत्रमा छन् कतै पहिरोको नजिकमा छन, र यो भवन सुरक्षित छ्रैन, आपत्कालिन अवस्थामा हामीले बाँच्नका लागि यहाँ जानुपर्छ भन्ने सामान्य सचेतनामूलक चित्र वा निर्देशनात्मक सन्देशहरू राख्न पनि सकेका छैनौँ ।

कतै हामी झटपट झोला त कतै सुरक्षित स्थानका कुरा, कहिले भवन आचारसंहिता र भवन सवलीकरणका कुरा, जलवायु परिवर्तनका कुरा वा खोज उद्धार र प्राथमिक उपचारका कुराजस्ता कार्यहरू गैरसरकारी निकायहरूले मात्र वा सरकारले मात्र गर्ने हो भन्ने बुझाई रहन्छ तबसम्म उत्थानशील समुदाय निर्माण पूर्ण हुन कठिन छ ।

जे पर्छ त्यही टर्छ भन्ने अवधारणाले आजसम्म पनि जितेको अवस्थामा हामीले भूकम्पीय विपद्को सामना गर्न अझ धेरै कार्यहरू गर्नुपर्नेछ ।

के गर्ने भन्ने विषय नै योजना हो, हाम्रोजस्तो देशमा योजनाका कुनै कमी छैन छ त मात्र कार्यान्वयनको, मात्र अभिलेखीकरणको मात्र प्रभावकारी समन्वयको, सञ्चार पद्धतिको, र सबै किसिमका विपद् जोखिम व्यवस्थापनका लागि बहुप्रकोप जोखिम न्यूनीकरण अवधारणा कार्यान्वयनको, विपद् जोखिम सुशासनका लागि क्षमता अभिवृद्धि सहकार्य र साझेदारी, सूचना प्रणालीलगायत विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिले निर्धारण गरेका प्राथमिकता प्राप्त क्षेत्रहरूको प्रभावकारी कार्यान्वयनको ।

आशा गरौं अर्को वर्षको भूकम्प सुरक्षा दिवसमा धेरैभन्दा धेरै न्यूनीकरणका अभ्यासहरू भएको र क्षमता अभिवृद्धि भएका सन्देशहरू आदान प्रदान गर्न सकौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here