- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeविचारसरकारसँग अपेक्षा

सरकारसँग अपेक्षा

- Advertisement -spot_img

निर्वाचनपछि केन्द्रमा सरकारले लगभग पूर्णता पाएको छ भने प्रदेशमा सरकार गठन भएर मन्त्री विस्तारको कसरत चलिरहेको छ । केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा संयुक्त सरकार गठनसँगै प्रदेशमा सरकारमा पनि नयाँ मन्त्री नियुक्तिको काम चलिरहेको छ । प्रचण्ड नेतृत्वको सरकामा अहिले २० मन्त्री र ३ राज्यमन्त्री नियुक्त भएका छन् । २३ सदस्यीय मन्त्रीपरिषद्मा अधिकांश नयाँ अनुहार छन् ।

माओवादी, एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सातवटा दलहरू सरकारमा सहभागी भएका छन् । सरकार परिवर्तन भएसँगै नागरिकमा पनि थुप्रै आशाहरू पलाएका छन् । समृद्धि र सुशासनका कुरा गर्ने नेता तथा दलहरू सरकारमा सहभागी हुँदा नागरिकमा नयाँ सरकारप्रतिको आशा पलाएको छ । केन्द्रमा बनेको समीकरणले सरकारमा नयाँ अनुहार परेपछि अब केही आशा गर्न सकिने नागरिकको प्रतिक्रिया छ । नयाँ बनेको र बन्ने सरकारलाई चुनौतीको पहाडमात्रै छैन् अवसर पनि सँगसँगै छ ।

नागरिकले सरकारबाट ठूलो अपेक्षा राखेका छैनन् । सामान्य परिवर्तनबाट पनि नागरिक सन्तुष्ट हुन सक्छन् भन्ने सरकार गठनपछि केही ठाउँमा सरकारले चालेको कदमप्रति नागरिक सकारात्मक छन् । तर धेरै नागरिकलाई धेरै बजेको मादल फुट्छ, लामो समयसम्म सरकारले राम्रो काम गर्न सक्दैन भन्ने पनि छ । सरकारमा पुगेका राजनेताहरूले नागरिकको अपेक्षा अनुरूप काम गरेर अघि बढ्नुपर्ने प्रमुख दायित्व छ ।

निर्वाचनको समयमा गरेका प्रतिवद्धता पूरा हुनेमा नागरिक आशावादी छन् । सत्तामा बसेर आफ्नो जीवनशैली परिवर्तन गर्ने तर नागरिकको अवस्था बदल्न नसक्ने नेतृत्वप्रति नागरिक निकै असन्तुष्ट छन् । परिवर्तनको आशाले नागरिकले निर्वाचनमा भोट दिने तर सोचेअनुरूपको काम पाउन नसक्ने प्रवृत्तिको अत्य हुन सकेको छैन् । वर्षौदेखि एउटै नेता सरकारमा पुग्ने प्रवृत्तिको अन्त्य गर्न यसपटक नागरिकले पनि छानीछानी भोट हालेका हुन् । सोहिअनुरूप अहिले सरकारप्रति पनि आशा अपेक्षा पनि छ ।

तीनै तहका सरकारले नागरिकको चाहनाअनुरूप काम गर्नुपर्छ । लामो समयदेखि विकास निर्माणका काम अलपत्र छन् । ति काम पूरा गराउन सरकारको ध्यान जानुपर्छ । नागरिकले अहिले पनि हरेक सार्वजनिक ठाउँमा सेवा लिन लाइन लाग्नुपर्ने अवस्था छ । यसको अन्त्य गरिनुपर्छ । अस्पतालदेखि यातायातसम्म कमिसनको चक्करले सर्वसाधारण मानिसले सास्ती पाउनुपर्ने अवस्था अहिले पनि छ ।

यस्तो अवस्थाको अन्त्य चाँडै गरिनुपर्छ । नागरिकले तिरेको कर अनुसारको सेवा सुविधा छैन् । निर्माणमा लापरबाही हुँदा हरेक विकास निर्माणका काम अलपत्र छन् । नयाँ सरकारबाट नागरिकले यस्तै किसिमका समस्या समाधान खोजिरहेका छन् । भ्रष्टाचार, अनियमिता रोक्नुपर्ने अहिलेको सरकारको प्रमुख चुनौतीको विषय होला तर सरकारले यिनै कुरालाई अन्त्य गर्न सरकारले अवसरको रूपमा लिनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here