Friday, March 29, 2024
Homebreaking-newsसभामुख र उपसभामुखको सपथग्रहण

सभामुख र उपसभामुखको सपथग्रहण

- Advertisement -spot_img

दाङ, ४ माघ ।
लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली, २०७९ बमोजिम पद तथा गोपनीयताका सपथग्रहण गराएका हुन् ।

आफूले सपथ लिएपछि सभामुख घर्तीले उपसभामुख मेनुका खाँड केसीलाई सपथग्रहण गराए । प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथग्रहण समारोह आयोजना गरिएको थियो । सभामुखको सपथग्रहण पश्चात् उपसभामुख मेनुका खाँड केसीको सपथग्रहण भएको छ । प्रदेश सभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितिमा सभामुखसमक्ष उपसभामुखले सपथ लिएकी हुन् ।

मंगलबार बसेको प्रदेश सभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत् निर्विरोध चयन गरिएको थियो । प्रदेश सभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने उल्लेख छ ।

ञसाथै, उपसभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा सभामुख–समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने उल्लेख छ । सभामुख र उपसभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here