- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरलागूऔषधसहित दुई पक्राउ

लागूऔषधसहित दुई पक्राउ

- Advertisement -spot_img

दाङ, ४ माघ ।
दाङ प्रहरीले अवैध लागूऔषध (ब्राउन सुगर) सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगर–पालिका–१६ सर्रामा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके जिल्ला कोहलपुर नगरपालिका–२ का ३६ वर्षीय उमंग बहादुर शाही र भारत उत्तर प्रदेश बहराइच चकियारोड रूपैडिया बस्ने ५२ वर्षीय समसुल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरूलाई तुलसीपुरबाट घोराहीतर्फ पैदल हिडेर जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने ३७ ग्राम २९ मिलिग्राम धुलो पदार्थ फेला पारेको जिल्ल प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here