- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsमाघे संक्रान्तिको रौनक, बजारमा तरूल, सखरखण्डको रास

माघे संक्रान्तिको रौनक, बजारमा तरूल, सखरखण्डको रास

- Advertisement -spot_img

हेमराज परिवर्तन
घोराही, ३० पुस ।
माघे संक्रान्तिको पूर्वसन्ध्याहमा दाङका बजारमा तरूल, पिडालु र सखरखण्डको किनबेच बढेको छ । यी बस्तुहरूले बजार भरिभराउ भएका छन् । मकर संक्रान्ति र माघीको प्रमुख खाद्यवस्तु तरूल, गन्जी सखरखण्ड भएकाले पनि बजारमा यस्तो किन्न र बेचको चहलपहल बढेको हो । अन्य समयमा सामान्य रूपमा मात्र देखिने तरूल, पिडालु र सखरखण्ड लगायतका कन्दमुलको व्यापार माघीको अवसरमा अन्यधिक हुने गरेको छ ।

प्रत्येक चोक–चोक र गल्ली–गल्लीमा तरूल, सखरखण्ड, पिडालु, जस्ता उत्पादकहरू व्यापारीले बिक्रीमा राखेका छन् । अन्य समयभन्दा यो समयमा व्यापार अत्यधिक हुने भएकाले उत्पादन भएको सबै वस्तु अहिले बजारमा आइपुगेको छ । माघी पछि भने यसको व्यापार पनि कम हुन्छ ।

ठूलो होलसेल होस् या फुटपाथ तरकारी पसल जहातहि परम्परागत खाद्यान्न तरूल, पिडालु र सखरखण्डले भरिएको देखिन्छ । कन्दमुल खाएर मनाइने माघे संक्रान्तिको पूर्वसन्ध्यामा यि खाद्यान्नको कारोबार बढेको हो । मकर संक्रान्ति, माघी आदि नामले चिनिने माघे संक्रान्ति एक प्रमुख चाड हो । यस दिन तरूल, पिडालु र सखरखण्ड तिलौरा खाने गरिन्छ ।

पुसको पाक्य र माघको खाक्य भन्ने भनाइ नेपाली समाजमा निकै प्रचलित छ । पुस मसान्तिको दिन उसिनेको तरूल, पिडालु, सखरखण्ड जस्ता परिकार माघे संक्रान्ति अर्थात मकर संक्रान्तिको दिन खाने प्रचलन रहँदै आएको छ । अघिपछि बजारमा फाटफुट रूपमा मात्रै देखिने तरूल लगायत कन्दमुलको व्यापर माघीको अवसरमा व्यापक हुने गर्दछ । तरूलको व्यापार विशेषगरी पुस महिनामा हुने गर्दछ ।

त्यसैगरी जिल्लामा उत्पादन भएका मात्र हैन रोल्पा, सल्यान लागयतका छिमेकी जिल्लाबाट पनि आयात भएको छ । विगतको तुलनामा यसवर्षभने कन्दमुलको मुल्य बढेको छ ।

तरूलको मूल्य फरक–फरक
वन तरूल, अन्य तरूल प्रकृति अनुसारको तरूलको मूल्य फरक–फरक छन् । व्यापारी सीता कुँइकेलका अनुसार सबैभन्दा सस्तो घर तरूल प्रतिकेजी १०० रूपैयाँ र वन तरूल सबैभन्दा महँगो पर्छ । सोही अनुसार पिडालु र सखरखण्डको मूल्य निर्धारण पनि प्रजाती अनुसार फरक–फरक रहेको छ । विभिन्न प्रजाती अनुसार तरूलको मूल्य प्रतिकिलो ८० देखि ३०० रूपैयाँसम्म पर्ने व्यावसायी बताउँछन् ।

तरकारी पसल सञ्चालन गर्दै आएकी पार्वती पुनका अनुसार वन तरूलको मुल्य दुई सयदेखि तीन सयसम्म रहेको छ भने अन्य तरूलको मूल्य प्रतिकेजी ८० देखि दुईसय रूपैयाँमा किनबेच भैरहेको छ । विगतमा तरूल प्रतिकेजी ५० रूपैयाँमा किनबेच भएको थियो । परम्परागत खाद्यान्न जस्तै पिडालु, सखरखण्डको भाउ भने आकासिएको छ ।

कम उत्पादन र कम किनबेच हुने भएकाले पिडालु, सखरखण्डको भाउ तरूलको तुलनामा आकासिकएको सल्यानी तरकारी तथा फलफूल पसलका सञ्चालक दिपक केसीले बताए । ‘सधै उपभोग गर्नेको संख्या बढ्दो छ’, उनले भने, ‘त्यसैले गर्दा यसवर्षमा पनि तरूल, पिडालु, सखरखण्ड जस्ता वस्तुको मूल्य बढ्नु स्वाभाविक हो । फेरी यसवर्ष आवश्यकभन्दा बढी वर्षात्का कारण लगाएका ठाउँमा पहिरोले क्षति पु¥याउँदा बजारमा मूल्य पनि बढेकोे हो ।’

यस्तै, सखरखण्डको मूल्य पनि बजारमा फरक–फरक देखिन्छ । रातो रङको सखरखण्डको मूल्य एक सय छ भने सेतोमध्येको सखरखण्डको मूल्य ८० रूपैयाँ रहेको व्यवसायी पार्वती पुनले बताइन् । बजारमा आयात अनुसारको खपत भैरहेको छ उनको भनाइ छ । यस वर्ष पिडालु प्रतिकेजी ५० देखि एक सय रूपैयाँमा किनबेच भैरहेको छ । वन तरूल, घर तरूल, पन्जे तरूल, सिमले तरूल, लाहुरे तरूल तथा जाँते तरूल गरी आधा दर्जन प्रकारका तरूल बजारमा छ्याप्छ्याप्ती छन् ।

पोषिलो र निरोगी हुने विश्वास
पुस मसान्तको दिन उसिनिएको परिकार संक्रान्तिको दिन खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइन मान्यता रहेको छ । स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरूल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने विभिन्न ग्रन्थमा उल्लेख छ ।

थारू, मगर र किराँतहरूले पनि यो चाडलाई हर्षोल्लासका साथ मनाउँछन् । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ ।

यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोलि पुस ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन सुरू हुन्छ । माघे÷मकर संक्रान्ति पर्व नेपालभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरूल खाई मनाइन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here