- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsरैथाने खानाको प्रवद्र्धनमा होटल समिति, तुलसीपुरमा पुस ३० रैथाने खाना कार्यक्रम

रैथाने खानाको प्रवद्र्धनमा होटल समिति, तुलसीपुरमा पुस ३० रैथाने खाना कार्यक्रम

- Advertisement -spot_img

दाङ, २९ पुस ।
दाङमा रैथाले खाना प्रवद्र्धन कार्यक्रम हुने भएको छ । लोप हुन लागेको रैथाने खानाको चिनारी र प्रवद्र्धनका लागि तुलसीपुरमा पुस ३० गते विशेष कार्यक्रम गर्न लागिएको हो ।

रैथाने खानाको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने भन्दै होटल व्यवसाय समितिको आयोजनामा रैथाने खानाको प्रचारप्रसार र प्रवद्र्धन गर्न लागिएको होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य नेत्रलाल वलीले बताए । नेपाली भान्सामा मौलिकपन हराउँदै गएको भन्दै होटल व्यवसायीहरू नै रैथाने खाना प्रवद्र्धनमा जुटेको उनले बताए ।

तुलसीपुर क्षेत्रको स्थानीय उत्पादन र त्यसबाट बन्न सक्ने खानाका परिकारहरूको बारेमा जानकारी दिने र रैथाले खाना परिचित गराउने उद्देश्यले तुलसीपुर होटल व्यवसायी समितिले नेपाली रैथाने खानाको प्रदर्शनी गर्न लागेको हो ।

बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी होटल व्यवसायी समितिले पुस ३० गते तुलसीपुरमा नेपाली रैथाने खानाको प्रदर्शनी गर्न लागेको जानकारी गराएको छ ।

होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य नेत्रलाल ओलीले रैथाने खानाको प्रचारप्रसार नहुँदा स्थानीय उत्पादनहरू खेर गइरहेको भन्दै त्यसको संरक्षण र बजारीकरणका लागि कार्यक्रम गर्न लागिएको जानकारी गराए ।

होटल व्यवसायीहरूले रैथाने खाना दिन नसक्दा यहाँ आउने पर्यटकहरू रैथानेको खाना खानकै लागि तुलसीपुर बाहिर जानुपर्ने अवस्था रहेको उनले बताए ।

रैथाने खाना प्रवद्र्धन कार्यक्रमले तुलसीपुरका व्यवसायीहलाई संगठित गर्न र करको दायरामा ल्याउन सहयोग गर्ने उनको अपेक्षा छ । तुलसीपुरमा एक हजार ४ सय बढी होटल व्यवसाय सञ्चालन भइरहेको भएपनि संस्थागत रूपमा तीनसय ५० वटा होटलहरूमात्रै समितिसँग आबद्ध भएको बताए । सबै व्यवसायीहरूलाई दर्ता प्रक्रियामा आई संगठित भएर व्यवसाय सञ्चालन गर्न उक्त कार्यक्रमले टेवा पु¥याउने अपेक्षासमेत आयोगकले लिएको छ ।

विगतदेखि नै स्थानीयस्तरको मौलिक खाना खुवाउन नसकिरहेको अवस्थामा नयाँ पुस्ता रैथाने खानाको संरक्षणमा लाग्नु यस क्षेत्रको लागि खुसीको कुरा रहेको उनले बताए । उक्त कार्यक्रममा पहाडी भेग र तराईको थारू समुदायबीचको समिश्रण झल्कने गरी रैथाने खानाहरूको प्रदर्शनी गरिने उनले जानकारी दिए ।

तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष ईन्द्र बहादुर बस्नेतले व्यवस्थित रूपमा होटल व्यवसाय सञ्चालनका लागि संरक्षणको अभाव रहेको बताए । होटल व्यवसायलाई स्तरीय बनाउन खोज्दा खोज्दै पनि केहि निकायहरूले तुलसीपुर क्षेत्र असुरक्षित भनी अवाहफ फैलाउँदा त्यसको प्रभाव होटल व्यवसायमा पर्दै आएको उनले बताए ।

समितिका महासचिव तुफान केसीले रैथाने खानाको माध्यमबाट आन्तरिक पर्यटकहरूलाई तुलसीपुरमा राख्ने उद्देश्यले खाना प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । तुलसीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई खाना र नास्ताको रूपमा रैथाने खाना दिनसके यहाँको होटल व्यवसाय फस्टाउँदै जाने उनले बताए ।

स्थानीयस्तरमा बन्ने ढिक्री, लसुनको चटनी, खिचडी, भटमास र सिन्कीको झोल, खसीको खुट्टाको सुप, साधेको कुखुरा, कोदोको ढिँडो, मकैको आटो, टिमुरको अचार, असुरोको अचारलगायतका परिकारहरू विभिन्न शैलीमा पस्किएर दिनसके यहाँको व्यापार व्यवसाय फस्टाउँदै जाने उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here