- Advertisement -spot_img
Monday, March 20, 2023
Homebreaking-newsसंस्कृति र परम्पराको व्यवसायीकरण आवश्यकः मन्त्री चौधरी

संस्कृति र परम्पराको व्यवसायीकरण आवश्यकः मन्त्री चौधरी

- Advertisement -spot_img

तुलसीपुर, २६ पुस ।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहहादुर चौधरीले थारू समुदायको संस्कार र संस्कृति सरंक्षणमा प्रदेश सरकार लागिरहेको बताएका छन् । मन्त्री चौधरीले राज्यले अन्य समुदायको जस्तै थारू समुदायका संस्कार जोगाउन अग्रसर रहने बताए ।

सोमबार तुलसीपुरमा भएको माघ महोत्सवको उद््घाटन गर्दै उनले थारू समुदायका पछिल्लो पुस्ता यसतर्फ बढी जागरूक हुन जरूरी रहेको बताए । उनले यस्ता किसिमका महोत्सवले पछिल्लो पुस्तालाई आफ्ना संस्कारसम्बन्धी ज्ञान लिन सहज हुने विश्वास व्यक्त गरे ।

मन्त्री चौधरीले थारू जातिले बनाएको जाँड, रक्सी अनदीको झोल बेच्न पाउनुपर्ने बताए । त्यसको लागि यो वर्ष लुम्बिनी प्रदेश सरकारले रक्सी सबैले बेच्न र बोतलीकरण गर्न पाउनुपर्छ भनेर निर्णयसमेत गरेको छ, उनले भने विदेशी रक्सी बेच्ने नाममा जनजातिको उत्पादन बेच्न सकिएन, अब यसको ब्राण्डिङ गरेर जानुपर्छ ।

‘विदेशी ब्राण्डको ब्ल्याक लेभल र रेड लेभलभन्दा थारू समुदायले बनाउने अनदीको झोल, जाँड, डारू (रक्सी) कयौं गुणा गुणस्तरीय भएकाले यसलाई थारू समुदायले बेचेर आम्दानी गर्ने अवस्था सिर्जना हँुदै छ । थारू जातिलाई पूर्खाहरूले जाँड, रक्सी बनाउन सिकाएको सीपलाई व्यवसायीकरण गर्दै अगाडि बढाउनुपर्ने बताउँदै यस्लाई कसैले रोक्न खोजेमा आन्दोलन गर्न तयार हुनुपर्ने बताए ।

साथै उनले अनदीको रोटी, ढिक्री, कोलमा पेलेको तेल कसरी बेच्न सकिन्छ भनेर सोच्नु पर्ने बेला आएको बताउँदै गाउँ÷गाउँमा आफ्नो संस्कृति बनाउँदै पैसा लिएर देखाउने चालचलन अगाडि बढाउनुपर्ने बताए । अहिले थारूहरूको संस्कृति जोगाउन दाङका मटाँवाहरू अग्रसर भएकोमा खुसी व्यक्त गर्दै थारूहरूको खानपिनको संरक्षणसहित थारू मटाँवा, गुरूवाहरूलाई भत्ताको व्यवस्था गर्न आफू प्रतिवद्ध रहेको बताए ।

मटाँवा महासंघ तुलसीपुर उपमहानगर समितिको आयोजना तथा पर्यटन विकास परिषद् लुम्बिनी, पर्यटन डिभिजन कार्यालय कोहलपुले प्रायोजनमा कार्यक्रम भएको हो । ‘संरक्षण व प्रवद्र्धन करी थारू संस्कृती ! झट्ट हुई आर्थिक रूपान्तरण व संस्कृती !’ भन्ने मूल नारासहित महोत्सव भएको हो । महोत्सवमा थारू कला, संस्कृति, भेषभूषा झल्कने गरी सञ्चालन भएको महोत्वसमा थारू समुदायका विभिन्न नाच प्रस्तुत गरिएको हो ।

त्यसैगरी महोत्सवमा थारू महोत्या नाच, झुम्रा नाच, छोक्रा नाच, पैँया नाच, मघौटा नाच, हुर्डुङ्ग्या नाच, अष्टिम्कीलगायत थारू गीत सजना, मैना, धमार गीतहरूको प्रस्तुती रहेको थियो । महोत्सव सञ्चालनपूर्व झाँकी, जुलुस निकालिएको महोत्सव आयोजक समिति सचिव टंकप्रसाद चौधरीले जानकारी दिए ।

झाँकी जुलुसमा तुलसीपुर उपमहानगरपालिकाभित्रका करिब ५० बढी थारू नाचहरूको सहभागिता रहेको थियो । तुलसीपुरको गुम्राह चोकदेखि सुरू भएको झाँकी जुलुसले तुलसीपुर बजार परिक्रमा गरेर तुलसीपुर–६ रजौरा गाउँको कमलपोखरी पार्क नजिक महोत्सव स्थलमा पुगेको थियो । थारू समुदायको महान चाड पुसको अन्तिमदेखि माघ ५ गतेसम्म विषेश हुने गरेपनि पछिल्लो समय करिब दुई साता अघिदेखि नै माघ महोत्सव सञ्चालन गर्ने गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here