- Advertisement -spot_img
Monday, March 20, 2023
Homebreaking-newsघोराहीमा थारू महोत्सव, थारू समुदायको संस्कृति संरक्षण आवश्यकः चौधरी

घोराहीमा थारू महोत्सव, थारू समुदायको संस्कृति संरक्षण आवश्यकः चौधरी

- Advertisement -spot_img

घोराही, २२ पुस ।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले थारू समुदायको संस्कृति संरक्षणका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् ।

थारू कल्याणकारिणी सभा दाङले आयोजना गरेको माघ विशेष ‘माघ सांस्कृतिक महोत्सव–२०७९’को उद्घाटन गर्दै मन्त्री चौधरीले देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला, संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।

माघ मिलन कार्यक्रममा थारू पहिरनमै स्टेजमा प्रस्तुत भएका मन्त्री चौधरीले थारू संस्कृति यस क्षेत्रको मात्रै नभएर राष्ट्रको सम्पत्ति र पहिचान भएको बताए । यसले दाङ देउखुरीसहित लुम्बिनी प्रदेशलाइ नै फरक ढंगले चिनाएको भन्दै यसको जगेर्ना गर्न आवश्यक रहेको उनको जिकीर थियो ।

चौधरीले दाङ जिल्लाको हरेक क्षेत्रको विकास निर्माणमा आफू लागिरहेको बताए । बाटो घाटो, पुलपुलेसादेखि खानेपानीलगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेकोे उनले बताए ।

थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक भुवन चौधरीको अध्यक्षतामा भएका् कार्यक्रममा बोल्ने वक्ताहरूले आफ्नो पूर्खाले संरक्षण गर्दै आएको संस्कृति लोप हुने अवस्थामा पुगेका बताए ।

हिले थारू समुदायमा प्रयोग गरिने भाँडाकुडादेखि चालचलन, रहनसहनमा पनि परिवर्तन आएको हँुदा थारू समुदायको संस्कृति लोप हुन नदिन थारू समुदायको संस्कृति संरक्षणमा लाग्न आवश्यक देखिएको बताए ।

प्रदेश सांसद प्रचण्डविक्रम न्यौपानेले धर्म, संस्कृति र कला संरक्षणमा थारू जातिको भूमिका महत्वपूर्ण रहेको बताए । ‘आर्थिक जागरण व साँस्कृतिक रूपान्तरण हमार अभियान, सामाजिक न्यायसहितक समृद्धिम हमार योगदान’ भन्ने नारासहित सुरू भएको महोत्सव शनिबार सकिने छ । महोत्सवमा थारू समुदायले आफ्नो कला, संस्कृति झल्कने गीत एवं नाचहरू प्रस्तुत गरेका थिए ।

महोत्सवमा थारू समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौं थारू भाषाको पुस्तक प्रदर्शनी, थारू परिकार ढिक्री, घोङ्गी, माछा, गंगटालगायत परिकारहरू रहेका थिए । बजार परिक्रमा ट्राफिक चोकदेखि निमाहल रोड हुँदै आर्मी ब्यारेक र मेन रोड हुँदै बजार परिक्रमा गरिएको थियो । कार्यक्रमको सहजीकरण सचिव प्रकाश चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here