Wednesday, March 27, 2024
Homeसाहित्यअस्तित्व !

अस्तित्व !

- Advertisement -spot_img


श्रीराम दहित


रूचि अनि क्षमता अनुसारको कर्तव्य खै हाम्रो
प्रयोगबिहीन इन्जिन झैँ खिया लाग्दै छ नराम्रो

मानव जीवनको कथा सुरू भयो अनि अन्त्य कहाँ
सुरदुर्लभ मानव काया अस्तित्वबिहीन छ यहाँ

प्रत्येक पल जल्ने जलाउने हरूको कमि छैन गाउँ शहर
मानव अस्तित्व जोगाउँदै शान्ति समृद्धि हाम्रो हुनुपर्छ रहर

ओठे भाव अनि भक्ति गर्नेको भिड बढ्दै संसार
सत्य–तथ्य उडाउँदै मानव जीवन सधैं छ अन्धकार

चितासम्म जानु अघि सदुपयोग गरौँ अमुल्य शक्ति
टुक्रिएको मन–मुटु जोड्दै संचित गर्न गरौँ है भक्ति

कसैले जीवनलाई गीत गायो त कसैले बनायो कथा
मानव अस्तित्व जोगाइ राख्न प्राणी मात्रको बुझौं व्यथा

जीवनलाई फूलको उपमा दिदै पूजामा चढाउन मिल्ने बनाऔं
काम क्रोध अहंकार मोह घमण्ड प्रगति बाधक तप गरी घटाऔं

अनावश्यक शक्ति क्षय शारीरिक मानसिक रूपमा हुँदै
शक्तिबिहीन महसुस गर्दै भौंतारिदै छ मानव सधैं रूँदै

संसार चलाउने अदभूत उर्जाको खानी हाम्रो मानव चोला
कस्तुरीले विणा खोज्दै हिँडे झैँ स्वयंको शक्ति बुझ्ने कहिले होला

वीर नेपाली पहिचान हाम्रो विजयी सधैंको उपहार
शक्ति संचित सदुपयोग नगर्दा पराजित देख्छौं संसार

कोपिला हो जीवन नझारी सधैं फक्रिन दिऔं
आँसु अनि पासो होइन जीवन खुल्ला पंक्षी झैँ खेलौं

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here