Tuesday, November 28, 2023
Homeमुख्य खबरब्लु हाउसलाई गोरखा रनिङ शिल्ड

ब्लु हाउसलाई गोरखा रनिङ शिल्ड

- Advertisement -spot_img

दाङ, १४ पुस ।
साताव्यापी खेलकुद कार्यक्रममा ब्लु हाउसले गोरखा रनिङ शिल्ड २०७९ को उपाधि जितेको छ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको आयोजनामा भएको खेलमा ब्लु हाउसले उपाििध जितेको हो ।

विद्यालयको वार्षिक क्यालेन्डर अनुसार प्रत्येक वर्ष साताब्यापी खेलकुद प्रतियोगिता हुने गर्दछ । यस वर्षको साताब्यापी प्रतियोगितामा ब्लुहाउसले १२ स्वर्ण ४ रजत र ५ कास्य पदक हात पार्दै रनिङ शिल्ड जितेको हो ।

त्यस्तै ७ स्वर्ण, ८ रजत र ११ कास्य पदकसहित रेड हाउस उपविजेता भएको छ । ग्रीन हाउस ६ स्वर्ण, १० रजत र २ कास्य पदक जितेर तृतीय भएको छ । त्यसैगरी १ स्वर्ण, ९ रजत र ८ कास्य पदकसहित सान्त्वना स्थान हासिल गरेको एल्लो हाउस उत्कृष्ट अनुशासन हाउसको रूपमा घोषणा भएको छ ।

गोरखा ग्रुपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता, १९ नं. बाहिनीका लेफ्टिनेन्ट कर्नेल सोनिक गुरूङको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शान्ति सोमई, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल र त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका खेलकुद संयोजक मोहन सुनारले विद्यालयले आफ्नो स्थापना कालदेखि हालसम्म खेलकुदका क्षेत्रमा हासिल गरेका महत्वपूर्ण उपलब्धिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरूले गोरखा मावि तुलसिपुर स्थापनादेखि नै शिक्षासँगै खेलकुदका क्षेत्रमा जिल्लामा अब्बल रूपमा स्थापित हुँदै आएको बताए । दाङको शान र गौरवलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उच्च राख्न सफल भएको भन्दै हासिल गरेको उपलब्धिलाई गोरखाले संस्थागत गर्दै लैजानुपर्ने उनीहरूले धारणा राखेका थिए ।

गोरखा मावि तुलसीपुरका प्रिन्सिपल विजयमान जिएमको स्वागत रहेको कार्यक्रममा खेलकुद पत्रकारिताका माध्यमबाट खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै खेल पत्रकार लक्ष्मण बस्नेतलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न भेषभूषा, कला, संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रेशम बहादुर खत्री, सशस्त्र प्रहरी निरिक्षक अशोक अधिकारी, रिपोटर्स क्लव लुम्बिनी प्रदेश अध्यक्ष शरद रेग्मी, जिल्लामा स्थापित खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि, प्रशिक्षक, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, खेलप्रेमी, शिक्षक, अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक कमल भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here