Friday, January 24, 2025
Homeमुख्य खबरएनआइसी बैंकमा ताला

एनआइसी बैंकमा ताला

- Advertisement -spot_img

दाङ, १४ पुस ।
दाङको गढवा गाउँपालिकामा रहेको एनआइसी एसियामा व्यावसायीहरूले तालाबन्दी गरेका छन् । बैंकको ब्याजको विरूद्ध आन्दोलन गर्दै आएका व्यवसायीहरूले बैंकको ज्यादतीविरूद्ध तालाबन्दी गरेका हुन् ।

व्यवसायीको इच्छाविपरीत जबरजस्ती रूपमा वस्तुको मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाएको विरोधमा व्यवसायीहरूले तालाबन्दी गरिएका हुन् । एनआइसी बैंक राजपुर शाखाबाट गढवा निवासी रामदास यादवले तीन करोड कर्जा लिएका थिए । बैंकले जग्गा र व्यवसाय लिलाम प्रक्रियामा लगेपछि व्यवसायीले तालाबन्दी गरेका हुन् ।

महाशक्ति इन्टरप्राईजेजको नाममा कर्जा थियो । तर त्यो कर्जा उठाउन बैंकले व्यवसायीलाई मानसिक यातना दिएको आरोप छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा जिल्ला भरका उद्योग वाणिज्य संघको सहभागितामा तालाबन्दी गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए ।

‘तीन करोड ३२ लाखको मूल्यांकन देखिन्छ । तर तीन करोड १८ लाख कर्जा तिर्नुपर्ने देखिन्छ । जग्गा धितोबाट मूल्यांकन पुग्ने देखिँदा देखिँदै पसल र गोदाममा बैंकले सिल ग¥यो’, संघका निवर्तमान अध्यक्ष नारायण प्रसाद भुसालले भने, ‘लिलाम गर्दा सामानको स्थानीय मूल्यांकन गरिएन, हचुवाको भरमा सामान बिक्री गर्न थालियो ।’

सुरूमा एक करोड लगानी गरेको व्यवसायीलाई पछि थप दुई करोड कर्जा लगानी गरिएको थियो । कर्जा लगानी गर्दा पनि बैंकले बदमासी गरेको आरोप छ । लिलाम भएको सामान लोड गर्ने बेलामा व्यवसायीले रोकेका हुन् । बैंकले गरेको कार्यको विरोधमा व्यवसायीहरूले अहिले गढवा बजारसमेत बन्द गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here