तुलसीपुर, १० पुस ।
तुलसीपुरमा जारी महोत्सवको १५औँ दिन आइतबार दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । कलाकार खेम सेन्चुरी र नरेश खातीसहितका कलाकारहरूको प्रस्तुतीमा रमाउने दर्शकहरू पनि उत्तिकै रहेका थिए ।
गायक नरेक खातीले माया मारेर, चौतारीमा सेल्टी ज्यू, तिमै्र मायाले मलाई हास्न सिकायो लगायतका गीतहरू गाएका थिए । यसैगरी गायक खेम सेन्चुरीले छप्पै मायालाई, औँठी बेरूवाको, तिम्रो रूपै करौतीलगायतका गीतहरू गाएका थिए । बालकदेखि बृद्धसम्मका व्यक्तिहरू कलाकारहरूको प्रस्तुतीसँगै रमाएका थिए ।
यूथ्स अफ तुलसीपुरको आयोजनामा मंसिर २५ गतेदेखि सुरू भएको लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहँदै आएको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै मनोरञ्जनका लागि खेलका साधनहरू, किनमेलका लागि स्टलहरू र मौलिकताका लागि विभिन्न जातजातिका परिकारहरू समेत राखिएको छ ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्नेसमेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।
आज प्रतापदास
यसैबीच महोत्सवको १६औँ दिनमा गायक प्रताप दासलगायतका राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आज सोमबारसम्म सञ्चालन हुने आयोजक यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेले जानकारी दिए ।