उमा भण्डारी
दाङ, १० पुस ।
आधुनिक पुस्तकालय स्थापनार्थ सञ्चालन भइरहेको दाङको तुलसीपुरमा महोत्सव शनिबार महोत्सवस्थल नै भरिभराउ भएको छ । महोत्सवमा गायिका एलिना चौहानको प्रस्तुतीले दर्शकहरूले महोत्सव स्थल भरिभराउन गराएको छ ।
चौहानले आफ्नो प्रस्तुतीले स्टेजको माहोलन नै रमाईलो बन्यो भने उनको प्रस्तुती हेर्नकै लागि दर्शकहरूको बाक्लो उपस्थिति महोत्सवमा देखियो । एलिनाले गीत गाएको हेर्नकै लागि उपस्थित भएका दर्शकहरूको भिडले महोत्सवको चौर नै भरिभराउ भएको थियो । बेलुका ५ बजेसम्म पनि दर्शकहरू महोत्सव स्थलमा गइरहेका थिए ।
मंसिर २५ गतेदेखि सुरू भएको लुम्बिनी प्रदेशस्तरी प्रथक कृषि तथा पर्यटन महोत्सवको शनिबार दर्शकहरूको बाक्लो उपस्थितिले महोत्सव स्थलको भिड व्यवस्थापन गर्नै आयोजकलाई मुस्किल भएको थियो । स्टलमा किनमेल गर्नेहरू, खेलमा रमाउनेहरूको भिड एकातिर थियो भने कलाकारहरूको प्रस्तुतीमा रमाउनेहरूको भिड अर्कोतिर ।
राष्ट्रिय तथा स्थानीय कलाकाहरूले गाएको, नाचेको हेर्दै रमाउने, नाच्नेहरूकै कारण महोत्सवको आकर्षण बढेको मेला आयोजक समितिका संयोजक अरूण लहरेले बताए । शनिबार एलिना चौहानसँगै रोशन सिंहले दर्शकहरूलाई आफूसँगै नचाएका थिए । बृद्धबृद्धाहरू र युवायुवतीहरू कलाकारहरूको प्रस्तुतीमा बेस्सरी झुमेका थिए । बिहानैदेखि बेलुकीसम्म दर्शकहरूको बाक्लो उपस्थितिले महोत्सवलाई थप रमाइलो बनाएको आयोजक समितिले जनाएको छ ।
मनपर्ने कलाकारहरूको प्रस्तुती रहने भएकाले महोत्सव अवलोकन गर्न आउने गरेको दर्शकहरूले बताए । मनोरञ्जन र मेला महोत्सव सबैको लागि आवश्यक रहेकाले यस्ता कार्यक्रमहरूले रमाइलो प्रदान गर्ने दर्शकहरूको भनाइ छ । शनिबार गायिका चौहानले ‘मेरो छुनुमुन हौ का’ हाम्रो गाउँको हिरोनी मै हुँ नी, लगायतका दर्जन बढी चर्चित गीत गाएकी थिइन । रोशन सिंहले ए झरी, म बिर्सु कसरीलगायतका गीतहरू गाएका थिए ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्नेसमेत उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी ११ गतेसम्म सञ्चालन हुने आयोजक यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेले जानकारी दिए ।
आज खेम सेन्चुरी आउने
मंसिर २५ गतेदेखि जारी तुलसीपुर महोत्सवमा प्रतिदिन राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुती रहने गरेको छ । महोत्सवको १५औँ दिन आइतबार लोकदोहोरी गायक खेम सेन्चुरीसहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने आयोजक यूथ्स अफ तुलसीपुरले जनाएको छ ।