Saturday, July 20, 2024
Homeमनोरञ्जनमहोत्सव तीन दिन थप

महोत्सव तीन दिन थप

- Advertisement -spot_img

प्रदेशटुडे,६ पूस । तुलसीपुरमा जारी महोत्सवको समय तीन दिन बढाइएको छ । तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने उदेश्यले युथ्स अफ तुलसीपुरको आयोजनामा प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि पर्यटन महोत्सवको समय पुस ९ गतेसम्म थप भएको हो ।

दर्शकको माग बढे पछि समय थप गरिएको आयोजक सस्था युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताए । महोत्सवमा बुधवार गायक बद्री पंगनीले दर्शकलाई छमछम नचाएका थिए पंगेनीले दर्जन बढी गित गाएका थिए भने अञ्जली अधिकारीले नृत्य प्रस्तुत गरेकी थिइन । बुधवार १४ हजार दर्शकले मेला अवलोकन गरेको टिकट व्यवस्थापन समितिका संयोजक डम्बर डाँगीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here