Tuesday, May 20, 2025
Homebreaking-newsमहोत्सवमा बाक्लिए दर्शक

महोत्सवमा बाक्लिए दर्शक

- Advertisement -spot_img

तुलसीपुर, ६ पुस ।
तुलसीपुर सञ्चालन भइरहेको महोत्सवमा दर्शकहरू बढ्न थालेका छन् । पुस्तकालय निर्माणका लागि मंसिर २५ गतेदेखि सञ्चालन भइरहेको तुलसीपुर महोत्सवमा दैनिक दर्शकको बाक्लो उपस्थिति हुन थालेको छ ।

शनिबार हाउसफूल भएको महोत्सवमा त्यसपछिका दिनमा पनि दर्शकको संख्या घटेको छैन । मंगलबार पनि महोत्सवमा दर्शकको बाक्लै उपस्थिति रहेको थियो । मंगलबार महोत्सवतमा गायिका रचना रिमालले महोत्सव स्थलमा धुलो नै उडाएकी थिइन् । उनको प्रस्तुतिका दर्शकहरू छमछम नाचेका थिए । गायिका रचना रिमाल र गायक सन्दिप न्यौपाने–लगायतका कलाकारको प्रस्तुतीले दर्शकको मन जितेको छ ।

गत मंसिर २५ गतेदेखि सुरू भएको लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको दशौँ दिन गायिका रिमाल, गायक न्यौपानेसहित डान्सर तथा मोडेल जेनिसा न्यौपाने, सगरमाथा डान्स ग्रुपलगायतका राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारकोे प्रस्तुती रहेको आयोजक संस्था यूथ्स अफ तुलसीपुरले जनाएको छ । मंगलबार १२ हजार बढी दर्शकले मेला अवलोकन गरेका छन् ।

आज बद्री पंगेनी आउने
आज गायक बद्री पंगेनी महोत्सवमा आउने भएका छन् । उनले बुधबार महोत्सवमा आफ्नो प्रस्तुति राख्ने आयोजकले बताएको छ । डान्सर तथा मोडल अञ्जली अधिकारी, गायिका टिका सानु, लगायतका कलाकारको प्रस्तुती रहनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here