दाङ, ३ पुस ।
दाङको तुलसीपुरमा सञ्चालन भइरहेको महोत्सव शनिवार हाउस फूल भएको छ । अहिलेसम्मकै बढी दर्शक महोत्सवको सहभागिता भएको हो । शनिबार सबैको दर्शकको सहभागिताले मेलालाई थप उत्साह थपेको आयोजकले बताएको छ ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने उद्देश्यले सञ्चालनमा आएको महोत्सवमा दर्शकको उत्साह बढ्दै गएको हो । दाङको तुलसीपुरमा गत मंसिर २५ गतेदेखि सञ्चालित महोत्सव जारी रहेको छ । गत २५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको शनिबार सातौ दिन दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ ।
शनिबारको उपस्थितिले महोत्सव पूर्णरूपमा सफल भएको अनुभूति गरेका छौ, महोत्सव मुल आयोजक समितिका संयोजक, अरूण लहरेले भने, ‘शनिबार महोत्सव हाउसफूल भएको छ ।’ महोत्सव स्थलमा दर्शकहरू भिड अत्याधिक रहेकाले व्यस्थापनमा र भिड सम्हाल्नै मुस्किल बनेको उनको भनाइ छ ।
महोत्सवले लय समातेको छ, लहरेले भने, यो उपस्थितिले महोत्सवको उद्देश्य पूर्णरूपमा सफल हुन्छ भन्ने लागेको छ । शनिबार २० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । शनिबार व्यापारिक स्टलहरूमा समेत किनमेल गर्नेहरूको घुइचो नै रहेको थियो । शनिबार स्टलहरूबाट लाखौको कारोबार भएको छ ।
प्रीति आले र प्रकाश सपुतको व्याटल
महोत्सवको सातौ दिन चर्चित राष्ट्रिय कलाकार प्रीति आले र प्रकाश सपुतको प्रस्तुति रहेको थियो । उनीहरूको प्रस्तुतिले शनिबार झुमेका थिए । दुबैजनाले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए भने दोहारी ब्याटलसमेत खेलेका थिए । उनीहरूका प्रस्तुतिमा दर्शकहरू रमाएका थिए ।
महोत्सवमा स्थानीय कलाकारहरूले समेत आ–आफ्नो प्रस्तुति राखेका थिए । गायक प्रकाश सपुत, गायिका प्रिती आले, सगरमाथा डान्स ग्रुपलगायतका राष्ट्रिय तथा स्थानीयस्तरका कालाकारहरूको प्रस्तुतिले दर्शक पूर्णरूपमा रमाएको देखिएको थियो ।
आज हेमन्त शर्मा आउने
आतइरबार आज राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने आयोजकले बताएको छ । आज महोत्सवमा गायक हेमन्त शर्मा, गायिका ऋतु कँडेल, सन्तोष बस्याल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने छ ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने र स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने उद्देश्य महोत्सव सञ्चालन भएको हो । महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी पुष ६ गतेसम्म सञ्चालन हुने आयोजक यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेले जानकारी दिए ।